खुलामञ्चमा खाना बितरणलाई निरन्तता दिन गगन थापाको आग्रह
शुभयुग संवाददाताप्रकाशित मिति: २०७७ कार्तिक १८, मंगलबार (४ साल अघि)
६६५ पाठक संख्या
१८ कार्तिक,काठमाडौं – नेपाली कांग्रेसका नेता गगन थापाले खुलामञ्चमा खाना बितरण कार्यक्रमलाई निरन्तता दिन सबैलाई आग्रह गरेका छन् ।
आज मंगलबार सामाजिक संजाल ट्विटर मार्फत् नेता थापाले खाना खुवाउने कार्यक्रमलाई निरन्तरता दिन सबैलाई आग्रह गरेका हुन् । उनले जीवन निर्वाह गर्न कठिन भएकालाई विभिन्न स्थानमा परोपकारी मन भएकाले खाना खुवाइरहेको र यस्तो अवस्थामा परोपकारी काम गरेर सहरको इज्जत राखेको समेत बताएका हुन् ।
कोरोना महामारीका कारण देश लकडाउन सुरु भएपछि रोजोगारी गुमाएका र सडकमा भोकभोकै भौतारिरहेकालाई अहिले बसपार्क र खुलामञ्चमा विभिन्न संघसंस्थाले निःशुल्क खाना खुवाउँदै आएका छन्। यद्धपी काठमाडौं महानगरपालिकाले सोमबार दैनिक खाना खुवाउने कार्यक्रम गर्दा खुलामञ्च फोहोर भएको भन्दै सम्बन्धित पक्षलाई त्यसो नगर्न समेत निर्देशन दिएको थियो । महानगरको उक्त निर्देशनपछि सर्वत्र बिरोध भैरहेका बेला कांग्रेस नेता थापाले पनी उक्त निर्णयको बिरोध गर्दै यस्तो आग्रह गरेका हुन्।
‘जीवन निर्वाह गर्न गाह्रो भइरहेकालाई,काठमाडौँका विभिन्न स्थानमा परोपकारी मन भएकाहरुले खाना खुवाइरहनु भएको छ। विषम परिस्थितिमा यस्तो परोपकारी काम गरेर हाम्रो सहरको इज्जत धानिदिनु भएकोमा धेरै धन्यवाद’, ‘म काठमाडौँको जनप्रतिनिधि,यो पवित्र कामलाई निरन्तरता दिन संलग्न सबैमा अनुरोध गर्छु।’ थापाले ट्वीटरमा लेखेका छन्