तुम शेर तो हम सवा शेरु झैँ झगडा नगरौँ : प्रवक्ता नारायणकाजी श्रेष्ठ
शुभयुग संवाददाताप्रकाशित मिति: २०७७ कार्तिक १८, मंगलबार (४ साल अघि)
७४२ पाठक संख्या
१८ कार्तिक,काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ले सल्लाह गरेर पार्टी अलग अलग गरौं भन्ने कुरा जहाँसुकैबाट आएको भएपनि सही नभएको बताएका छन् ।
प्रवक्ता श्रेष्ठले सामाजिक संजालमा ‘तैँ चुप मै चुप पनि नगरौं, तुम शेर तो हम सवा शेर झैँ व्यक्तिगत झगडा तथा गालिगलौज पनि नगरौँ’ भन्दै सल्लाह गरेर पार्टी अलग अलग गरौं भन्ने कुरा जहाँसुकैबाट आएको भएपनि सही नभएको त्यसमा अन्तर्निहीत एउटा पक्ष, अर्थात् व्यक्तिगत कटुता सहितको व्यक्तिगत विषय नबनाऔँ भन्नेकुरा सही भएको र त्यसलाई पार्टी विभाजन नगरी अर्को सन्दर्भमा सकारात्मक रुपले प्रयोग गर्न सकिने बताएका छन् ।
उनले सामाजिक सञ्जालमा ‘पार्टी भित्रको छलफल, बहस र अन्तर संघर्षलाई व्यक्तिगत गालिगलौज र आरोप प्रत्यारोपको रुप नदिऔँ । राष्ट्र र जनताको हितलाई केन्द्रमा राखेर बिचार,नीति र प्रबृत्तिमा आधारित भइ स्वस्थ एवम् रुपान्तरणमुखी छलफल गरौँ’ भन्दै पार्टिका नेताहरुलाई सुझाव समेत दिएका छन् ।