नेकपा नेता कार्यकर्तालाई डा.भट्टराईको सुझाव : ओलीको सती नजानुस्, बेलैमा विद्रोह गर्नुस् !
शुभयुग संवाददाताप्रकाशित मिति: २०७७ कार्तिक १७, सोमबार (४ साल अघि)
५५८ पाठक संख्या
१७ कार्तिक,काठमाडौं – जनता समाजवादीका संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईले सत्तारुढ नेकपाका नेता-कार्यकर्तालाई प्रधानमन्त्री केपी शर्मा ओलीको सती नजान सुझाव दिएका छन् ।
नेकपाभित्रको विवाद उत्कर्षमा पुगेको बेलामा डा.भट्टराईले सामाजिक सञ्चालमार्फत् डा.भट्टराईले यस्तो प्रक्रिया दिएको हुन् । उनले ओली आफ्नो कुबाटोमा दृढ रहेको भन्दै अरुले उनको सति जाने कि बेलैमा विद्रोह गर्ने भनेर प्रश्न समेत गरेका छन् । विश्व कम्युनिष्ट आन्दोलन धरासायी हुनुको एउटा प्रमुख कारण मूल पार्टी नेतृत्वले रंग फेरिसकेपछि पनि बाँकी नेता र कार्यकर्ताले बेलैमा विद्रोह गर्न नसक्नु भएको उनले तर्क गरेका छन्।
‘विश्व कम्युनिष्ट आन्दोलन धरासायी हुनुको एउटा प्रमुख कारण मूल पार्टीरनेतृत्वले रंग फेरिसकेपछि पनि बॉकी नेता-कार्यकर्ताले बेलैमा विद्रोह गर्न नसक्नु हो,’ नेता भट्टराईले ट्विट गर्दै भनेका छन्, ‘हिजोका झापाली र माओवादीले कति छिटो बिर्सेको? ओली आफ्नो कुबाटोमा दृढ छन् । अरू उनको सती जाने कि बेलैमा नयॉ समाजवादी बाटो बनाउने ?’