समीकरण बनाएर खेल्न खोज्दा पार्टी विभाजन हुन लाग्यो : ईश्वर पोखरेल
शुभयुग संवाददाताप्रकाशित मिति: २०७७ कार्तिक १७, सोमबार (४ साल अघि)
८७९ पाठक संख्या
१७ कार्तिक,काठमाडौं – उपप्रधानमन्त्री ईश्वर पोखरेलले पूर्व समूहभित्रको आवद्धताका आधारमा समीकरण बनाएर खेल्न खोज्दा पार्टी विभाजन हुन लागेको बताएका छन् ।
नेकपाका सचिवालय सदस्य समेत रहेका पोखरेलले आज सोमवार दिउँसो ट्वीटर मार्फत एकताका बेला गरिएको सहमति विपरीत पूर्वसमूहको समीकरण बनाएर विभाजनको दुर्भाग्य निम्त्याउन लागेको टिप्पणी गरेका हुन् । ‘एकताका वेला गरिएको सहमती विपरित पूर्वसमूहभित्रको आवद्धताका आधारमा समिकरण बनाएर खेल खेल्न खोज्दा विभाजनको दुर्भाग्य निम्तिन लागेको हो’, उनले भनेका छन् ।
उनले पार्टी विभाजन गर्न खोज्नेहरुलाई बेलैमा खबरदारी गर्न पनि आग्रह गरेका छन् । साथै व्यक्तिगत स्वार्थका कारण एकता विथोल्न खोज्नेहरुको विरोध गर्दै एकतालाई जोगाउन आग्रह गरे । ‘त्यस्तो दुर्भाग्य निम्त्याउनेहरूलाई सबैले बेलैमै चिनौं, खवरदारी गरौं । व्यक्तिगत स्वार्थका कारण यसो गर्नेहरूको विरोध गर्दै पार्टी एकतालाई बचाऔं’, पोखरेलले भने ।
आइतबार सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवास खुमलटारमा सचिवालय सदस्यहरुको छुट्टै भेला बसेको थियो । भेलामा अध्यक्ष प्रचण्डले शनिबार प्रधानमन्त्री केपी शर्मा ओलीसँग भएको बालुवाटार वार्ताको ब्रिफिङ गरेका थिए ।
उनले प्रधानमन्त्री ओलीले पार्टी अलग गरे जान सुझाव दिएको कुरा ब्रिफिङ गरेको छ ।