चौरसियाका हत्या प्रकरण : तत्काल कारवाही गर्न नेकपाका ३७ नेताले निकाले विज्ञप्ति
शुभयुग संवाददाताप्रकाशित मिति: २०७७ कार्तिक १३, बिहिबार (४ साल अघि)
११२७ पाठक संख्या
१३ कार्तिक,काठमाडौं – सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पर्साका कार्यकर्ता मुकेश चौरसियाको हत्यामा संलग्नलाई कारवाहीको माग गर्दै नेकपा स्थायी कमिटी सदस्य मातृका यादवसहित ३७ नेताले संयुक्त विज्ञप्ती जारी गरेका छन् ।
पर्साको विन्दवासिनी गाउँपालिका– ५ प्रसौनीमा यही कात्तिक ६ गते नेकपाको गाउँपालिका कमिटीका पदाधिकारी र सदस्यहरुको शपथग्रहण कार्यक्रममा चौरसियामाथि कुटपिट भएको थियो । उनको भोलिपल्ट बिहान मृत्यु भएको थियो ।
बिहीबार विन्दवासिनी गाउँपालिकामा आयोजित नेकपा गाउँपालिका कमिटीको सपथ ग्रहण कार्यक्रममा नबोलाएको विषयमा नेकपाकै दुई समूहबीच झडप हुँदा ६ जना घाइते भएका थिए । घाइतेमध्ये मुकेशको टाउकोमा गम्भीर चोट लागेको थियो ।