२१ असोज,काठमाडौं – नेपाल कम्युनिष्ट पार्टीका उपाध्यक्ष बामदेव गौतमको मुद्दा बुधबार पनि सुनुवाई नहुने भएको छ ।
गौतमको मुद्दा हेरिरहेका न्यायाधीशहरु कोभिड–१९ का कारण आइसोलेसनमा रहेकाले उक्त मुद्दा अझैं केही दिन लम्बिने भएको हो । राष्ट्रिय सभामा मनोनयनका लागि गौतम विरुद्ध परेको रिटमा सर्वोच्च अदालतको संवैधानिक इजलासमा सो मुद्दा सुनुवाई भइरहेको छ ।
गत शुक्रबार पनी गौतमको मुद्दाको पेसी हेर्दा हेर्दैमा आज बुधबार सम्मका लागि सारिएको थियो । तर अदालतका न्यायाधीशहरु कोरोना महामारीका कारण आइसोलेसनमा रहेकाले मुद्दाको सुनुवाई हुन अझै केही दिन लाग्ने अदालतका प्रवक्ता भद्रकाली पोखरेलले बताए ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar