२१ असोज,काठमाडौं – चिकित्सा क्षेत्र सुधारको माग राख्दै विगत २४ दिनदेखि अनशनमा बस्दै आएका डा गोविन्द केसीको समर्थनमा युरोपेली नागरिकले समेत अनशन सुरु गरेकी छिन् ।
युरोपेली नागरिक इमिलियाले डा.केसीको समर्थनमा एक दिन अनशन बस्ने भएकी हुन् । उनले केसीलाई नेल्सन मण्डेला र महात्मा गान्धीसँग तुलना पनि गरेकी छिन् । डा.गोविन्द केसी संसारकै महात्माहरुमध्ये एक भएको भन्दै उनको माग र अनशनलाई समर्थन गर्न उनले अनसन बसेको बताएकी छिन् ।
उनले भनेकी छिन्, डा.केसीले उठाएका मागहरु सर्वसाधारणको हितका पक्षमा रहेकाले मैले उहाँको अनसनलाई समर्थन गरेकी हुँ । नेल्सन मण्डेला, महात्मा गान्धीजस्ता संसारमा धेरै मानवीय नायकहरु थिए । यस्तै डा.गोविन्द केसी पनि उनीहरुजस्तै मध्येका एक हुन् ।’
काठमाडौंस्थित त्रिवि शिक्षण अस्पतालमा डा.गोविन्द केसी आफ्नो १९औं अनशनमा बसिरहेका छन् । हालसम्म सरकारले उनीसँग वार्ताका लागि कुनै तयारी थालेको छैन् । मंगलबार बसेको नेपाल कम्युनिष्ट पार्टी नेकपाको बैठकले केसीलाई अनशन तोड्न भनेको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar