नुवाकोटकी २८ बर्षिया महिलाले जन्माईन् ५ शिशु : एकको अप्रेशन अगाबै मृत्यु
शुभयुग संवाददाताप्रकाशित मिति: २०७७ आश्विन १९, सोमबार (४ साल अघि)
७९१ पाठक संख्या
१९ असोज,काठमाडौं – थापाथली स्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालमा एक महिलाले पाँच जना शिशुलाई जन्म दिएकी छिन्।
नुवाकोट जिल्लाकी २८ वर्षीया सोमिका तामाङले पाँच शिशु जन्माएकी स्त्रीरोग अस्पतालकी निर्देशक संगीता मिश्रले बताइन्।
उक्त महिलाले जन्माएकी पाँच शिशु मध्ये एक शिशुको भने अपरेसनअगावै मृत्यु भएको निर्देशक मिश्रले बताईन् । उनका अनुसार जीवित शिशु मध्ये चार छोरी छन्। मृतक शिशु भने छोरा थिए। उनको तौल ३०० ग्राम मात्र थियो।
अपरेसनमा संलग्न चिकित्सक कृतिपाल सुवेदीका अनुसार चार शिशु र आमा सबै स्वस्थ छन्। ती शिशु १.८, १.९, १.६ किलोग्राम र ८०० ग्रामका छन्।
त्यस्तै उनीहरूमध्ये ८०० ग्रामकी शिशुलाई भने एन आइसियूमा राखिएको छ।
सोमबार बिहान ९ ४१ मा अपरेसनमार्फत् शिशु निकालिएको समेत डा. सुवेदीले बताए। अपरेसनअघि भिडिओ एक्सरे गर्दा चार शिशुमात्र देखिएका थिए। एक शिशुको मृत्यु भइसकेका कारण एक्सरेमा पनि नदेखिएको सुवेदीले बताए।