१६ असोज,काठमाण्डौं – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीका उपाध्यक्ष वामदेव गौतम विरुद्धको रिटमा सर्वोच्च अदालतको संवैधानिक इजलासको सुनुवाई आज शुक्रबार हुँदैछ ।
यसअघि बुधबार प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणा नेतृत्वको संवैधानिक इजलासले सुनुवाई नसकिएपछि उनीविरुद्ध परेको मुद्दा हेर्दा हेर्दैमा राखेको थियो ।
गत असोज ७ गते न्यायाधीश डा आनन्द मोहन भट्टराइको इजलासबाट सो रिटको टुङगो संवैधानिक इजलासबाट हुनु पर्ने आदेश भए अनुसार बुधबारदेखि संबैधानिक इजलासमा सुनुवाई शुरु भएको हो ।
निवेदकका पक्षबाट वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, वरिष्ठ अधिवक्ता बद्रीबहादुर कार्की, अधिवक्ता हरी उप्रेती लगायतले बहस गरेका थिए भने वामदेवको पक्षमा महान्यायाधिवक्ता अग्नि खरेल सहितले बहस गरिसकेका छन् । गौतमको पक्षबाट पूर्व महान्यायाधिवक्ता प्रा डा युवराज संग्रौला, वरिष्ठ अधिवक्ताहरु रवि नारायण खनाल, रमण कुमार श्रेष्ठ, अनन्तराज लुइँटेल लगायत ४० वकिलहरुले आज बहस गर्ने बताइएको छ ।
गत भदौ २९ गतेको मन्त्रिपरिषद् बैठकले गौतमलाई राष्ट्रियसभाको रिक्त पदमा मनोनित गर्न राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष सिफारिस गरेको थियो । असोज १ गते उनले पद तथा गोपनीयताको शपथ लिएका थिए ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar