१२ असोज, भक्तपुर – उपत्यकामा चल्ने सार्वजनिक सवारीसाधनमा यात्रा गर्ने यात्रुलाई कोरोनाको जोखिम झनै बढेको छ ।
सरकारले सार्वजनिक सवारीसाधन खोल्ने निर्णय गरेसँगै सवारी साधनमा सीट भरिभराउ गरेर यात्रु बोक्न थालेपछि कोरोना सङ्क्रमणको जोखिम झनै बढेको हो ।
कोरोनाको महामारी फैलदैँ गर्दा सार्वजनिक सवारीसाधनले भने यातायातमा यात्रुको सुरक्षालाई ख्याल नगरी दोब्बर भाडा लिँदै सीट पनि पूरै भरेर यात्रुलाई ओसार-पसार गरिरहँदा जोखिम बढेको बढ्यै छ ।
‘सरकारले बनाईदिएको मापदण्ड सकेसम्म पूरा गरेकै छौं तर, कतिपय अवस्थामा हामी चुकेको पनि छौं । हामीले सकेसम्म यात्रुको आवश्यक्तालाई ध्यानमा राखेर साँझ–बिहान केही लामो तथा शहर आसपासका क्षेत्रमा बसको पर्याप्तता नहुँदा गाडी भरेरै लिएर हिँड्ने गरेका छौं,’ भक्तपुर मिनी बस सेवा समितिका सहायक कार्यालयप्रमुख भोला प्रसाद न्यौपानेले भने ।
भक्तपुरको सात नम्बर रुट– बिरुवा, तेलकोट, चाँगुलगायतका ग्रामिणक्षेत्रमा बसको सङ्ख्या कम भएकाले यात्रु कोच्दै नियम तोडेर हिँड्न बाध्य भएको मिनीबस सेवा समितिका सहायक न्यौपानेले बताए । उनले भने, ‘सरकारले नीति नियम पूरा गरेर १५ जना मात्रै यात्रु बोकेर हिँड्नु तथा भाडा दोब्बर लिनु भन्दै गर्दा पनि हामी व्यवसायीले जोर–बिजोर गरेर सेवा दिँदा बस कम तथा यात्रु धेरै हुने भएकाले कोचेरै यात्रा गराउन बाध्य भएका हौं ।
सरकारले तोकेको स्वास्थ्यसम्बन्धी न्यूनतम मापदण्डसमेत सार्वजनिकयातायात व्यवसायीहरुले पूरा गर्न सकेका छैनन् । साथै, उपत्यकालगायतका विभिन्न जिल्लाहरुमा कोरोना सङ्क्रमण बढ्न थालेपछि सरकारले सार्वजनिकयातायातमा जोर-बिजोरप्रणाली लागू गर्दै गर्दा झनै जोखिम बढेको विज्ञहरुको भनाइ छ ।
बसमा स्यानीटाइजर छैन बसमा यात्रुहरु चढ्दा ढोकामा स्यानीटाइजर राख्नपर्ने नियम भएतापनि यातायात व्यवसायीले अटेर गरेका छन् । यदि कुनै बसमा स्यानीटाइजरको बट्टा भइहाले पनि सकिएको अवस्थामा हुन्छ कित भने, सानो साईजमा देखावटीको रुपमा मात्रै राखिएको पाईएको छ । तर, अहिले पछिल्लोसमयमा त स्यानीटाइजरको नाम निशाना पनि नभएका बस पनि सञ्चालनमा छन् ।
भाडा दोब्बर सरकारले तोकेको न्युनतम मापदण्डभन्दा विपरीत ढङ्गले व्यवसायीहरुअघि बढिरहेका छन् । सीट भरेरै राख्दा पनि यात्रा गर्न बाध्य छन् यात्रुहरु: यातायातमा यात्रुलाई ५० प्रतिशत मात्रै राख्न पाउने तथा भाडा दोब्बर लिने नियमलगायतका नियमहरु भएतापनि कार्यन्वयनमा भने मास्क र दोब्बर भाडा मात्रै कायम भएको छ ।
सह–चालकको हातमा पञ्जा छैन सह–चालकले हातमा पञ्जा नलगाई यात्रुलाई सेवा दिँदा खतरा बढ्दै गएको छ । पैसाको कारोबार गर्न यात्रुलाई जोखिम छ । पैसाबाट पनि कोरोना सर्ने जोखिम उत्तिकै छ ।
ट्राफिकको कमजोरी ट्राफिक प्रहरीले ३२ स्थानमा जाँच केन्द्र राखेर सार्वजनिकयातायातको अनुगमन गरिरहेको छ । दैनिकजसो १५ र १६ शयको हाराहारीमा ट्राफिकप्रहरीले कारवाही गरिरहेको भन्ने कुरा ट्राफिकबाट सुन्नमा आएतापनि सार्वजनिक सवारीसाधनमा अनुगमन तथा कुनै कारबाही भने गरेको पाईएको छैन ।
यातायात विभागको सवारी साधन अनुगमनले आएन परिवर्तन लकडाउन खुकुलो भएर सार्वजनिक सवारीसाधन सञ्चालनमा आएसँगै लापर्वाही बढेको भन्दै यातायात व्यवस्था विभागले अनुगमनसमेत गरेको छ । तर, पनि यातायात व्यसायीमा कुनै सकारात्मक परिवर्तन देखिएको पाईएन । काठमाण्डौउपत्यकामा सञ्चालित सवारीसाधनहरुले कोरोना रोकथामका लागि बनाईएको स्वास्थ्य सुरक्षासम्बन्धी मापदण्ड पालना नगरेको विभागले महशुस गरेको छ तर कारर्वाही भनेअघि बढाउन सकेको छैन ।
आम मानिसले कोरोना कहर नै बिर्सिसकेको अवस्था छ । जबकी कोरोनाले धेरैको ज्यान लिईसकेको अवस्था छ । कोरोनाको सङ्क्रमण कम हुँदै गएपछि सरकारले गत असार २६ गतेदेखि अन्तरजिल्ला सार्वजनिक सवारीसाधन सञ्चालनको अनुमति दिएको थियो ।
सरकारले साउन ७ गतेदेखि लकडाउनको अन्त्य गर्ने घोषणा गरेको थियो । लामो समयपछि लकडाउन खुलेकाले आम मानिसमा कोरोनाको जोखिम हट्यो भन्ने भ्रम बढेको पाइएको छ । जसका कारण निर्वाद रुपमा घुमफिर गर्ने सार्वजनिक यातायात, सार्वजनिकस्थल लगायतका विभिन्न ठाउँमा पहिलेजस्तै भीडभाड हुन थाल्दा पुनः जोखिम बढेको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar