एजेन्सी – भियतनाममा प्रयोग भइसकेका कण्डम बटुलेर विक्री गर्ने गिरोह नै पक्राउ परेका छन् ।
पक्राउ परेकाहरुबाट प्रयोगमा आइसकेका ३ लाख २५ हजार थान कण्डम समेत बरामद गरेको छ । ती कन्डमलाई पानीमा धोएर नयाँ कण्डम भन्दै बेच्ने गरेको अभियोगमा प्रहरीले एउटा गिरोहलाई नै पक्राउ गरेको बताइएको छ । बीबीसीले प्रकाशित गरेको समाचारमा उल्लेख गरिएअनुसार बरामद कण्डम भियतनामको दक्षिणी प्रान्त बिन्ह दुुओङस्थित एक गोदामबा फेला पारिएको हो ।
भियतनामको सरकारी टीभी च्यानल विटीभीको रिपोर्टअनुसार कन्डमले भरिएका थुप्रै ब्यागहरुको तौल ३६० किलो छ । यस गोदामका मालिकका अनुसार उनले अज्ञात व्यक्तिबाट हरेक महिना प्रयोग भइसकेका कन्डमको ब्याग लिने गरेका थिए । प्रहरी छापाका दौरान पक्राउ परेकी एक महिलाले दिएको बयानअनुसार प्रयोग भइसकेका यी कण्डमलाई पहिला उम्लिएको पानीमा हाल्ने गरिन्थ्यो, त्यसपछि सुकाइन्थ्यों, समाचारमा उल्लेख छ ।
महिलाका अनुसार त्यसपछि यस कण्डमलाई काठको लिङ्गमा राखेर फेरि पुरानै आकार दिइन्थ्यो । त्यसपछि फेरि प्याकेटमा भरेर बेच्ने गरिन्थ्यो । टीभी च्यानलका अनुसार प्रयोगमा आएका यस्ता कति कण्डम फेरि विक्री भयो भन्ने विषय अहिले खुलेको छैन । महिलाका अनुसार उनले जति किलो कण्डम बनाउथिन्, त्यहीअनुसार पैसा आउने गरेको समाचारमा उल्लेख छ ।
स्थानीयका अनुसार होटेल र पसलहरुमा यी कण्डमको विक्री हुने गरेको थियो । जनस्वास्थविद्हरुका अनुसार कण्डमलाई एकपटक प्रयोग गरेपछि तत्कालै नस्ट गर्नुपर्ने हुन्छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar