बाढी पहिरोग्रस्त ५ जिल्लामा भारत सरकारद्धारा आपत्कालिन राहत हस्तान्तरण
शुभयुग संवाददाताप्रकाशित मिति: २०७७ भाद्र २८, आईतबार (४ साल अघि)
१५२५ पाठक संख्या
२८ भदौ काठमाण्डौ – बाढी पहिरोग्रस्त नेपालको ५जिल्लाका लागी भारत सरकारले आपत्कालिन राहत सहयोग हस्तान्तरण गरेको छ ।
भारतीय राजदूतावासको तर्फवाट प्रेस बिज्ञप्ती जारी गर्दै, भारतीय राजदूतावासका नियोगकी उप–प्रमुख नामग्य सी.खम्पाले आजै नेपाल–भारत महिला मैत्री समाजका अध्यक्ष चन्दा चौधरीलाई आपतकालीन राहत सामग्री हस्तान्तरण गरीसकेको जानकारी दिएको छ ।
टेन्ट तथा त्रिपाल लगायतका उक्त राहत सामग्रीहरु नेपालका पाँच जिल्लाका बाढी तथा पहिरोबाट प्रभावित परिवारहरुलाई वितरण गरिने बिज्ञप्ती मार्फत् जानकारी दिएको छ ।
नेपालमा बाढी र पहिरोका कारण हालसालै भएको विनाश र जनधनको क्षतिलाई ध्यानमा राख्दै उक्त राहत सामग्रीहरु नेपाल–भारत महिला मैत्री समाजले प्रदेश नम्बर २, ३, ५ र ७ का कैलाली, महोत्तरी, नवलपरासी, सर्लाही र सिन्धुपाल्चोक जिल्लाका स्थानीय सरकारसँग समन्वय गरी वितरण गर्ने समेत बिज्ञप्तीमा उल्लेख छ ।
भारत सरकारको नियमित मानवीय सहयोग तथा आपतकालीन राहत सहायता अन्तर्गत उक्त राहत सामग्री नेपाललाई वितरण गरिएको हो बिज्ञप्तीमा भनियको छ । भारत सरकारले आपत्कालिन अवस्थामा बिगतदेखीनै बिभिन्न सहयोग गर्दै आएको छ ।