९भदौ,काठमाडौं – प्रधानमन्त्री केपी ओली र नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच बालुवाटारमा छलफल सुरु भएको छ ।
प्रधानमन्त्री केपी ओली र नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच सोमबार नै भेटघाट तय भएकोमा पछि स्थगित भएको थियो । प्रचण्ड मंगलबार बिहानै बालुवाटार पुगेका हुन् ।
अहिले नेकपाका दुवै अध्यक्ष ओली र प्रचण्डबीच भेटवार्ता जारी छ । उनीहरूबीच कार्यदलले बुझाएको प्रतिवेदनमाथि छलफल हुने कार्यसूची तय भएको छ । यस्तै, मन्त्रीहरू हेरफेरबारे पनि छलफल हुने बुझिएको छ ।
आजको छलफलले केन्द्रीय सचिवालय बैठकको मिति तोक्ने प्रचण्डको निजी सचिवालयले जनाएको छ । पार्टी महासचिव विष्णु पौडेलको संयोजकत्वको कार्यदलले शनिबार अध्यक्षद्वय ओली र प्रचण्डलाई प्रतिवेदन बुझाएको थियो । त्यसलाई दुई अध्यक्षले आवश्यकताअनुसार परिमार्जन गरेर प्रस्तावको रूपमा सचिवालयमा लैजाने, सचिवालयले अनुमोदन गरेपछि स्थायी कमिटीमा पेस गर्ने कार्यसूची रहेको छ ।
कार्यदलको प्रतिवेदनबारे माधवकुमार नेपाल र झलनाथ खनाल असन्तुष्ट छन् । नेपाल र खनाल आगामी चैतमा हुने महाधिवेशनबाटै ओली प्रचण्डलाई परास्त गर्ने अभियानमा जुटेका छन् ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar