देव प्रसाद त्रिपाठी
नेकपा नेता, धादिङ
एकीकृत कम्युनिस्ट निर्माण गर्ने जन चाहना अनुरुप दुई ठुला पार्टिहरु नेकपा एमाले र माओवादी केन्द्र एकीकरण भएर नेपाल कम्युनिस्ट पार्टी नेकपा निर्माण भयो ।
नेपाल कम्युनिस्ट पार्टी नेकपा निर्माण हुनुमा नेता कमरेड हरुको सुझबुझ पुर्ण निर्णय हो भने आम न्यायप्रेमी जनताको माग पनि हो । पार्टी एकीकरणले अझै पुर्णता पाइसकेको छैन भने यसै विच पार्टीको बैठक समेत गर्न नसकेर विधिसम्मत पार्टी सन्चालन हुन नसक्नु दुर्भाग्य हो ।
पार्टी एकीकरण हुनु पुर्व चुनावी तालमेल गर्दै तात्कालिन दुबै पार्टीका अध्यक्षहरु देशका महत्त्वपुर्ण शहर र निर्वाचन क्षेत्रमा गएर संयुक्त सम्बोधन गर्नु जस्ता महत्त्वपूर्ण कार्यले कम्युनिस्ट पार्टीले ऐतिहासिक विजय हासिल गर्ने सफलता प्राप्त र्गयो । अहिले पार्टी केन्द्रीय कटिटिमा चरम विवाद चलिरहेको सन्दर्भमा तल्लो तहवाट कसैका कारणले प्राप्त गरेको बहुमत ,पार्टीले होइन ब्यक्तिले आर्जन गरेको सिट भन्दै हिड्नु कति उपयुक्त होला ?
ब्यक्तिको छुट्टै चुनाव चिन्ह त थिएन होला । पार्टीकै चुनाव चिन्हबाटनै हासिल गरेको सिट हो । जान्ने बुझ्ने ब्यक्तिहरु बाट कसैको अवमूल्यन र कसैको आवश्यक भन्दा बढी चाकडी गर्नुले यथार्थताको नजिक पुग्न सकिँदैन । यसले गुटबन्दीलाई नै मलजल गर्ने हो ।
माक्र्सवादलाई अनुशरण गर्ने द्वन्द्ववादमा विश्वास राख्नेहरुले एकापक्षिय विचारमा वकालत गर्दै हिड्नु एकतालाई कमजोर पार्ने कार्य मात्र हो । यस्तो अभिव्यक्तिले एकतालाई बलियो बनाउन सक्दैन ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar