२९ साउन, धादिङ – गयरातीेदेखी धादिङमा निषेधाज्ञा जारी गरीएसंगै धादिङका मुख्य राजमार्गको रुपमा रहेको पृथ्वी राजमार्ग तथा कालुपाण्डे मार्ग तथा आसपासका सडकहरु समेत चकमन्न रहेको छ ।
कोरोना भाईरस संक्रमण फैलन नदिन जिल्ला प्रशासन कार्यालयमा बुधबार बसेको बैठकले बुधबार राती १२ बजेदेखी लागु हुने गरी एक साताका लागी जिल्लालाई निषेधाज्ञा जारी गरेसंगै जिल्लाका अधिकांश राजमार्ग क्षेत्रसमेत चकमन्न भयको छ । तर यस्ता बेला राजमार्ग आसपास आपराधिक क्रियाकलाप हुनसक्ने भन्दै ईलाका प्रहरी कार्यालय गजुरी धादिङले सबैलाई चनाखो हुन आग्रह गरेका छ ।
गएको लकडाउनका समयमा पनी राजमार्ग आसपास छिटफुट रुपमा चोरीका घटनाहरु भएकाले निषेधाज्ञाका क्रममा पनी राजमार्गमा सवारी र मानिसको आवतजावतमा अत्यन्त कमी हुने भएकाले सर्वसाधारणहरुमा चनाखो हुन आग्रह गरेका हुन् । उनले यदि कुनै स्थानमा त्यस्ता किसिमका संकास्पद गतिबिधी भए तुरुन्त प्रहरीलाई खवर गर्न समेत आग्रह गरेका छन् ।
आपराधिक क्रियाकलापमा संलग्न ब्यक्तिहरुले यस्तै मौका छोपी अमानविय क्रियाकलाप गर्नसक्ने भन्दै राजमार्गमा प्रहरी परिचालन समेत गरियको ईलाका प्रहरी कार्यालय गजुरी धादिङका डिएस्पी बिश्वराज खड्काले बताए । “एकातर्फ निषेधाज्ञा उल्लंघन हुन नदिन राजमार्गमा कडाई गर्नुपर्ने छ, अर्कोतर्फ उक्त मौका छोपी अमानविय क्रियाकलाप हुनसक्छ, त्यस्ता बिषयमा समेत प्रहरी चनाखो हुनपर्ने छ । विगतमा पनी लकडाउनको मौका छोपी ठुलो परिमाणमा गाँजा, तथा लागु औषध चरेस बरामद गरियको थियो । यदाकदा चोरीका घटना भएका थिए । राजमार्ग चकमन्न छ यस्ता बेला मान्छेले मौका छोप्न सक्छन् । हामीले त्यतापटि पनी चनाखो हँुदै उल्लेखिय मात्रामा प्रहरी परिचालन गरेका छौँ ।” खड्काले बताए ।
निषेधाज्ञा भनेर सवारी साधनलाई मात्र फोकस गर्दा आपराधीक क्रियाकलापका मान्छेहरुले त्यसको मौका छोपी अन्य आपराधिक क्रियाकलाप समेत गर्न सक्ने भएकाले ईलाका प्रहरी कार्यालय गजुरीले बिषेस योजना बनायको डिएस्पी खड्काको भनाई छ । त्यस्ता किसिमका समेत गतिबिधी हुनसक्ने भएकाले त्यतातर्फ समेत ध्यान दिन ड्युटिमा रहेका प्रहरीलाई समेत चनाखो बनायको खड्काले बताए ।
यता प्रहरीले राजमार्गमा मात्र नभई ग्रामिण भेगमा समेत गस्ति गर्ने अभियान बनायको समेत डिएस्पी खड्काले बताए । अहिले राजमार्ग र राजमार्ग आसपासका केहि बस्तीमा प्रहरीले माईकिङ गरायको छ । माईकिङ संगै प्रहरीले ग्रामिण बस्तीहरुमा समेत गस्ति गर्नेछ । पछिल्लो समय ग्रामिण बस्तीमा बिभिन्न पसल तथा होटलहरु निर्बाध रुपमा संचालन हुने गरेकाले प्रहरीले त्यतातर्फ समेत ध्यान दिएको जानकारी दिए । कोरोना भाईरसको संक्रमण फैलिएर नियन्त्रण भन्दा बाहिर जान सक्ने भन्दै जिल्ला प्रशासनले जारी राखेको निषेधाज्ञाको अवधीमा, निषेधाज्ञाको अवज्ञा वा अपहेलना गर्ने वा काममा वाधा पु¥याउने व्यक्तिलाई कानुन बमोजिम कारबाही हुने समेत डिएस्पी खड्काले बताए । त्यसकारण त्यस्ता किसिमका गतिबिधी नगर्न समेत नागरिक सामु खड्काले अपिल गरेका छन् ।
“विहानैदेखी पृथ्वी रामार्गमा अत्याबस्यक बाहेकका सवारी साधन चलेका छैनन । मानिसको आवतजावतमा समेत कमी आयको छ ।” डिएस्पी बिश्वराज खड्काले बताए । डिएस्पी खड्काका अनुसार पृथ्वी राजमार्गको मौवाखोला देखी पिपलामोड सम्म राजमार्ग चकमन्न छ । छिटपुट रुपमा बिहानको समयमा मोटरसाईकल र अन्य सवारीसाधन चलेको पाईयपछि उनीहरुलाई सम्झाई बुझाई गरियको छ ।
अहिले जिल्लामा अत्यावश्यक बाहेकका सबै यातायात पूर्णरुपमा बन्द छ । त्रिभुवन राजपथ र प
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar