राममणी सिलवाल
२९ साउन, धादिङ – गयराती १२ बजेदेखी धादिङमा निषेधाज्ञा जारी गरीएको छ । निषेधाज्ञा जारी गरीएसंगै धादिङका मुख्य बजार तथा आसपासका क्षेत्र बिहानैदेखी सुनसान बनेको छ ।
कोरोना भाईरसको कारण जिल्लाकै एक युवाको मृत्यु भयको र जिल्लाका उच्च पदस्थ ब्यक्तिमा समेत कोरोना भार्यरस संक्रमण देखियपछि जिल्ला प्रशासन कार्यालयमा बुधबार बसेको बैठकले बुधबार राती १२ बजेदेखी लागु हुने गरी एक साताका लागी जिल्लालाई निषेधाज्ञा जारी गरेको हो ।
निषेधाज्ञा जारी रहँदा सदरमुकाम धादिङबेशी तथा जिल्लाका अधिकांश बजार तथा राजमार्ग सुनसान रहेको छ । बजारमा छिटफुट रुपमा औषधी पसल, फलफुल पसल र खाद्यान्न पसल बाहेकका अन्य सम्पुर्ण पसलहरु पुर्णरुपमा बन्द रहेको छ भने बजारमा मानिसको आवात जावतमा समेत कमी आयको छ ।
पछिल्लो समय जिल्लाका बिभिन्न स्थानमा सार्वजनिक पद धारण गरेका ब्यक्तीमा समेत लक्षण सहितको कोरोनाको संक्रमण देखियको र कोरोना भाईरसको कारण जिल्लाकै एक युवाको मृत्यु भयकाले भाईरसको संक्रमण फैलन नदिनका लागी निषेधाज्ञा जारी गरियको धादिङका सहायक प्रमुख जिल्ला अधिकारी रुद्र मल्लले जानकारी दिए ।
“दिनानुदिन संक्रमीतको संख्यामा बृद्धि आयकाले स्थानीयमा संक्रमण फैलिए नियन्त्रण भन्दा बाहिर जान सक्ने भयकाले साबधानी अपाउनको लागि, जिल्ला सदरमुकाम प्रबेश गर्ने मुख्य नाका कालुपाण्डे राजमार्गको फुर्केखोला देखि धादिङबेसी बजारको दायाँबायाँ र नीलकण्ठ नगरपालिकाको वडा नं. २, ३, ४, ७, ८, १२ र १४ का अधिकांश क्षेत्रहरुमा आँउदो भाद्र ३ गते सम्म निशेधाज्ञा जारी गरीएको हो ।” सहायक प्रमुख जिल्ला अधिकारी मल्लले बताय ।
यता पृथ्वी रामार्गमा समेत अत्याबस्यक बाहेकका सवारी साधन चलेका छैनन । मानिसको आवतजावतमा समेत कमी आयको छ ।” ईलाका प्रहरी कार्यालय गजुरीका डिएस्पी बिश्वराज खड्काले जानकारी दिए । अहिले जिल्लामा अत्यावश्यक बाहेकका सबै यातायात पूर्णरुपमा बन्द छ । त्रिभुवन राजपथ र पृथ्वी राजमार्गको धादिङ जिल्ला भित्रपर्ने क्षेत्रमा होटल,बैंक तथा वित्तिय संस्था र जिल्ला भित्रका सम्पुर्ण शैक्षिक संस्थाहरु बन्द रहेका छन् । डिएस्पी बिश्वराज खड्काले बताय ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar