सरकारले लिम्पियाधुरा,लिपुलेक र कालापानीको नक्सा जारी गरीसके पश्चात यतिबेला नेपाल–भारतबिच नयाँ तरंग छाएको छ । लामो समयदेखी भारतले अतिक्रमण गरेको नेपालको जमिन सेमेटेर नेपाल सरकारले नक्सा जारी गरीसके पश्चात विभिन्न तर्क वितर्कहरु उब्जिएका छन् । आज हामी यही विषयवस्तुमा केन्दि«त रहेर भूमि व्यवस्था सहकारी तथा गरीबी निवारण मन्त्रि पद्मा कुमारी अर्यालसंग कुराकानी गरेका छौं । सीमा विवाद समाधानका लागि पछिल्लो समय नेपाल सरकारले के कस्तो तयारी गरीरहेको छ भन्ने विषयमा संचारकर्मी नारायण तिवारीले मन्त्रि अर्यालसंग गर्नुभएको कुराकानी
नेपाल भारत सीमा विवाद समाधानका लागि भारतसंग वार्ताको पहल कहाँ पुग्यो ? पछिल्लो अपडेट बताईदिनुुस् न ।
वार्ता एकपक्षीय हुदैंन । दुई देशको वार्ताका लागि सरकारले गत असोज कार्तिक देखीनै सीमा विवाद सम्बोधन गर्ने गरी पटकपटकको ताकेता गरेको छ । भारत पनि वार्ताका लागि सकरात्मक छ । तर हामी यो कुरालाई चाडो भन्दा चाडो टुंगोमा पुर्याउन चाहान्छौ ।
भारतले वार्ताका लागि आलटाल गरीरहदा नेपाल सरकारले कति समयसम्म पर्खिएला ?
भारतले अहिलेको अवस्थामा कोरोना संक्रमणको विषयलाई लिएर आलटाल गरीरहेको छ । नेपालको तर्फबाट हामी जतिसक्दो चाडो यो विषयलाई टुंग्याउन चाहान्छौं । वार्ताको टेबलमा नै बस्नु परेन । अन्य थुप्रै माध्यमरु छन् वार्ताका लागि । हामी यसतर्फ भारतसंग पहल गरीरहेका छौं । भारतले चाहादा जतिखेर पनि वार्ताको लागि हामी बस्न तयार छौं ।
भारतले वार्तामा बस्न नचाहेको खण्डमा सरकारसंग अन्य विकल्पहरु छन् कि छैनन् त ?
हामी धैर्यता गर्छौ ।
कति समय पर्खनुहुन्छ तपाईहरु वार्ताका लागि ?
भारतले यतिबेला कोरोना संक्रमणलाई कारण देखाएर वार्ता हुन सकिरहेको छैन । ठिक छ । हामीले यति लामो समय त यो विवादलाई झेल्यौं भने कोरोना संक्रमण पनि खासै लामो समय सम्म नजाला । विवाद समाधान जसरी पनि गर्नु नै छ । त्यसैले एक अर्काविच तिक्तका र अविश्वास खडा गरेर अघि बढेको खण्डमा दुवै मुलुकलाई हानी हुन्छ ।
मन्त्रिज्यू नक्सा जारी गर्नु पूर्वको यथेष्ठ प्रमाण जुटाउन समिति बनाउनु पर्ने, नक्सा जारी गरीसकेपश्चात समिति बनाएर त्यही पनि यस विषयमा विज्ञता हासील गरेका व्यत्तिहरु नराख्दा यसको परिणाम के आउला ?
हामीसंग धेरै प्रमाणहरु छन् । मैले धेरै पटक भनेको छु, इतिहास हाम्रो पक्षमा छ । ती प्रमाणहरु टेबलमा राख्दा भारतले नाई भन्ने अवस्था रहदैंन । धेरै प्रमाणहरु हुँदा खेर जादैंन । सकरात्मक सोचका साथ सरकारले समिति बनाएको हो । नक्सा जारी गर्नुपूर्व नै सरकारले यथेष्ट प्रमाणहरु जुटाएको छ ।
व्यस्तताका बाबजुत पनि समय छुट्टाईदिनु भएकोमा धन्यवाद ।
अवसरका लागि तपाईलाई पनि धन्यवाद । मालपोत खवरवाट साभार l
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar