३० बैशाख, धादिङ – भारतले नेपालको भूमि मिचेर लिपुलेकमा एकतर्फीरुपमा सडक निर्माण गरेको भन्दै पछिल्लो समय देशब्यापी रुपमा बिरोध भइरहेको छ ।
आज राष्ट्रबादी युवा समुह बेनिघाट रोराङ स्थित चरौदीमा पनि प्रदर्शनी गरिएको हो ।
https://youtu.be/w0kRTvrdqAA
कालापानी हाम्रो हो, लिपुलेक हाम्रो हो, भारतिय बिस्तारवाद मुर्दावादको नारा लगाउँदै भारतिय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला जलाईएको छ । प्रदर्शनमा बालकदेखि बृद्धसम्मको उपस्थिती थियो । राष्ट्रबादी युवा समुह चरौँदीले भुमी हस्तक्षेप विरुद्ध नाराबाजी गर्दै प्रदर्शन गरेको हो । गत शुक्रवार भारतले नेपालको पश्चिम सीमा क्षेत्रस्थित नेपाली भूमिमा भारत र चीन जोड्ने सडक उद्घाटन गरेपछि सामाजिक सञ्जाल देखि सडकबाट चर्को बिरोध भईरहेको छ ।
विरोध प्रर्दशनमा सहभागीहरुले नेपाली भुमि फिर्ता गर्न माग गर्दै सरकारले छिटोभन्दा छिटो कुटनितिक तथा राजनितीक तवरबाट पहल गर्नुपर्ने बताएका थिए । उनीहरुले राष्ट्रवादको आडमा सत्तामा पुगेका प्रधानमन्त्री केपी शर्मा ओलीले सीमा विवादमा ठोस काम गर्न नसकेको आरोप समेत लगाएको स्थानीय युवा आभाष डल्लाकोटीले जानकारी दिए ।
https://youtu.be/tTOi5_LjPaI
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar