२६बैशाख, धादिङ – क्रिस्चियन एड संगको सहकार्यमा फोकस नेपाल धादिङले सिद्धलेक गाँउपालिकाका गरिब र विपन्नहरुका लागी राहात बितरण कार्य सुरु गरेको छ ।
https://youtu.be/lrwex4MtyzE
विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाईरस कोभिड १९ रोकथामको लागी नेपाल सरकारले जारी राखेको लकडाउनका कारण ज्याला मजदुरी गर्ने, असाहय, गरिब, विपन्नहरुहरुका लागी गाँउपालिकाको अनुरोधमा आकस्मिक राहत बितरण गरियको हो ।
राहत बितरण कार्यक्रम अन्र्तगत् शुक्रबार सिद्धलेक गाँउपालिकाको वडा नं ४ का ७८ घरधुरीलाई राहत वितरण गरियको क्रिस्चियन एडका कार्यक्रम संयोजक जिवन सिलवालले जानकारी दिए ।
कार्यक्रम संयोजक सिलवालका अनुसार राहत प्याकेजमा प्रत्येकलाई ३० किलो चामल, ३ किलो दाल, २ किलो नुन, २ लिटर तेलका साथै हात धुने साबुन, मास्क तथा पन्जा बितरण गरियको छ ।
बिहिबार सिद्धलेकको वडा नम्बर ५,६ र ७ मा १ सय ९ जनालाई राहत वितरण गरेको थियो । राहत बितरण कार्यमा गाउँपालिकाका अध्यक्ष पे्रमनाथ सिलवाल,उपाध्यक्ष कमला शर्मा, वडा अध्यक्ष रामहरी बराकोटि, फोकस नेपालका अध्यक्ष हेमराज छत्कुली, कार्यकारी निर्देशक एकराज छत्कुली, लगायत अन्य जनप्रतिनिधीहरु ,क्रिश्चियन एड,फोकस नेपालका प्रतिनिधीको उपस्थिति रहेका थियो ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar