२४ बैशाख,काठमाण्डौ – हात्तीवनमा प्रचण्डसहित ओलीइतरका नेताहरुको भेलापछि प्रधानमन्त्री समेत रहेका नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीलाई फेरि तनाव बढेको छ l
स्थायी कमिटीको बैठक नजिकिँदै जाँदा प्रधानमन्त्री समेत रहेका नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीमा बैचैनी बढ्दो छ । वैशाख २० गते बसेको सचिवालय बैठकमा पार्टीभित्रको समस्या समाधान गरेको बताइएपनि पार्टीभित्रको विवाद उस्तै रहेको नेताहरु बताउँछन् । सो बैठकमा सबै मिलेर जाने, सरकार र पार्टी सञ्चालनमा सबै एकजुट भएर अघि बढ्ने सहमति भएको थियो । तर त्यो सहमति फेरि टुट्न पुगेको प्रधानमन्त्रीको बुझाइ छ ।
भैंसेपाटी गठबन्धनले प्रधानमन्त्री ओलीको राजीनामा माग्ने सहमति गरेको थियो तर नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई कार्यकारी तथा उपाध्यक्ष वामदेव गौतमलाई प्रतिनिधिसभामा ल्याएर प्रधानमन्त्री बनाउने सहमति भएपछि तत्कालका लागि विवाद टरेको थियो ।
तर हात्तीवनमा प्रचण्डसहित ओली इतरका नेताहरुको भेलापछि ओलीमा फेरि तनाव बढेको हो । हात्तीवनमा अध्यक्ष प्रचण्ड जति सक्रिय भएका छन् प्रधानमन्त्री ओली पनि त्यति नै सक्रिय भएका छन् । उनले आफ्नो निवासमा नेताहरुलाई बोलाएर छलफल गरिरहेका छन् । त्यसमा राष्ट्रपति विद्यादेवी भण्डारीले पनि साथ दिइरहेकी छिन् ।
मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेका सचिवालय सदस्य झलनाथ खनालले भने,‘प्रधानमन्त्री चिन्तित भएको पाएँ, पार्टीभित्र भइरहेको गतिविधिले के हुने हो भन्ने चिन्ता उहाँमा पाएँ ।’ जवाफमा आफूले पार्टीमा भएका निर्णय कार्यान्वयन भए कुनै समस्या नहुने बताएको खनालले बताए । यस्तै कुनैपनि निर्णय सामूहिक रुपमा गर्ने बातावरण बन्नुपर्नेमा पनि खनालको जोड थियो ।
२२ र २३ गते हात्तीवन रिसोर्टमा छलफल भएको थियो । स्थायी कमिटी बैठकको एजेण्डा तयार गर्ने जिम्मेवारी पाएका अध्यक्ष प्रचण्डले सचिवालयका सदस्यहरु माधवकुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतम, नारायणकाजी श्रेष्ठ लगायतसँग छलफल गरेका हुन् । आज दिउँसो बस्ने सचिवालय बैठकमा अध्यक्ष प्रचण्डले स्थायी कमिटी बैठकमा प्रस्तुत हुने एजेण्डा प्रस्तुत गर्नेछन् । रातोपाटिवाट l
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar