१९ बैशाख ,धादिङ – गजुरी गाँउपालिका वडा नं २ स्थित् तुदी झरना पछिल्लो समय आन्तरिक पर्यटकको गन्तब्य बनेको छ ।
पृथ्वी राजमार्ग स्थित् मलेखुवाट करिव १० किमीको यात्रा तथा गजुरी गाँउपालिका वडा नं २ को डँुडेठाँटीवाट करिव ३ किलोमिटरको दुरीमा रहेको प्राकृतिक रुपले भरिपूर्ण तुदी झरनामा पछिल्लो समय आन्तरिक पर्यटकको संख्या दिनानुदिन बढ्दै गएको छ ।
कोरोना भाईरस रोकथामका लागी सरकारले गरेको लकडाउनका कारण स्थानियहरुले मर्निङ वाक तथा सामान्य घुमफिरका क्रममा उक्त झरनाको तस्विर सामाजिक संजालमा सार्वजनिक गरेसंगै एकाएक आन्तरिक पर्यटकको संख्यामा बृद्धि भएको गजुरी गाँउपालिका वडा नं २ का वडा अध्यक्ष चुडामणी कँडेलले बताए ।
वडा अध्यक्ष चुडामणी कँडेलका अनुसार तुदी झरना लकडाउन अघिसम्म खासै चर्चामा थिएन । तर झरना अहिले स्थानीयसहित आसपासका मानिसहरुको समय कटाउने र मनोरन्जन लिने गन्तव्यनै बनेको छ ।
लकडाउनका बिच पछिल्लो समय दिनौँ जिल्ला भित्रकै आन्तरिक पर्यटकको घुइँचो नै लाग्ने गरेको छ । जहिले सङ्लो र सेतो पानी देखिने करिव १ सय मिटर उचाईको झरनामा अहिले दैनिक १ सय ५० भन्दा बढी आन्तरिक पर्यटक अवलोकन र सेल्फी खिच्न आउने गरेको स्थानीयवासी बताउँछन् ।
नेपालकै प्रसिद्ध माछा बजारको रुपमा परिचीत मलेखुबाट १० किलो मिटरमा पुग्न सकिने तुदी झरना गजुरी गाँउपालिकाको डुँडेठाँटिदेखी केहिपरवाट झरनासम्म पुग्न करिव १ घण्टा पैदल यात्रा गर्नुपर्दछ । अव गाँउपालिकाले झरनाको संरक्षण, प्रर्वद्धन र प्रचारप्रसार गर्न सके आन्तरिक तथा वाह्य पर्यटकको नयाँ गन्तव्यको रुपमा स्थापित् हुने स्थानिय रामशरण डल्लाकोटीले बताए ।
गाँउपालिकाले झरनाको संरक्षण, प्रर्वद्धन र प्रचारप्रसार गर्नसके पर्यटकको चाप बढ्दै गएपछि होटल ब्यवसाय समेत विस्तार हुने र स्थानियले समेत रोजगार पाउने डल्लाकोटीका बिश्वास छ ।
करीब १ सय मिटर अग्लो झरनामा बाह्रैमहीना एउटै आकारको पानी देखिन्छ । चट्टानै चट्टानको बीचबाट झर्ने झरनाको वरीपरी साना साना बिभिन्न किसिमका मनमोहक ओढारहरु समेत रहेको छ ।
लकडाउन अघिसम्म ओझेलमा रहेको झरनामा अहिले आन्तरिक पर्यटकको घुइँचो लाग्न थालेपछि झरनासम्म जाने गोरेटो बाटोलाई व्यवस्थित गरी पदमार्ग घोषणा गर्न र स्तरोन्नति गर्न वडा अध्यक्ष तथा गाँउपालिकासामु आग्रह समेत गरेको स्थानियहरुले बताएका छन् ।
वडा अध्यक्ष कँडेलले पनी आफ्नो वडाभित्र रहेको अन्य पर्यटकीय स्थलको खोजी गरी स्तरोन्नति गर्दै तुदी झरनाको लागी लकडाउन पस्चात् तुरुन्तै योजना बनाउने बताएका छन् ।
गजुरी गाँउपालिकाले यो झरनाको संरक्षण, प्रर्वद्धन र प्रचारप्रसार गर्दा मलेखु माछा बजारलाई समेत सहयोग पुग्ने छ भने मलेखु माछा बजारका कारण पनि यो झरनाको पनि प्रचार प्रसार र पर्यटकको गन्तव्य बन्ने छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar