५ फागुन,धादिङ – जिल्ला प्रहरी कार्यालय धादिङले २२ बर्षपछि प्रतिवादी पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय धादिङबाट फरार प्रतिवादी पक्राउ अभियान अन्तर्गत बहुविवाह मुद्दाका फरार प्रतिवादीलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा धादिङ जिल्ला सिद्धलेक गाउपालिका वडा नं.२ बस्ने ५२ बर्षिय राम बहादुर अर्याल रहेको जिल्ला प्रहरीले जानकारी दिएको छ ।
अर्याललाई पक्राउ गरेर धादिङ जिल्ला अदालत समक्ष पेश गरी कैद भुक्तानको लागी सोमवारै कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरिक्षक रुपक खड्काले जानकारी दिए ।
अर्याललाई धादिङ जिल्ला अदालत धादिङले २०५४ मंसिर २० गतेको फैसलाले १ महिना १५ दिन कैद र र्२ हजार जरिवाना तोकेको थियो ।