प्रचण्डको अर्को खुलासा : “आक्रमणका लागि गिरीजाप्रसाद कोइरालाको सुझाव आँउथ्यो”
न्युज डेस्कप्रकाशित मिति: २०७६ फागुन १, बिहिबार (४ साल अघि)
१८७ पाठक संख्या
१ फागुन, काठमाडौ- नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाली राजनीतिमा फेरी अर्को नयाँ नयाँ खुलासा गरेका छन् ।
विहीबार जनयुद्ध दिवसको औपचारिक कार्यक्रममा क्रममा, जनयुद्धका बेला आफुहरलाई तात्कालिन कांग्रेस सभापति गिरीजा प्रसाद कोइरालावाटै ठूला आक्रमणका लागि सुझाव आउने गरेको भन्दै अध्यक्ष प्रचण्डले पुनः अर्को नयाँ खुलासा गरेका हुन् ।
केही दिन अघि पनी अध्यक्ष प्रचण्डले आफूले गोपनियता राख्न नसक्ने र राख्न खोजे पनि अनुहार या हाउभाउमा प्रस्टै देखिने बताएका थिए । तर जनयुद्ध दिवसको २५ औं बर्षगाँठका सन्दर्भमा कोइरालाले ठूला आक्रमणका लागि दिएको सुझाव भन्दै अध्यक्ष प्रचण्डले नयाँ खुलासाका रुपमा अभिव्यक्त गरे ।
त्यसको परिणाममा सात दल र तत्कालिन माओवादी बीच गणतान्त्रिक आन्दोलनका लागि १२ बुँदे समझदारी बनेको पनि प्रचण्डले जोडेका थिए । प्रचण्डले विद्रोह, शान्ति प्रक्रिया सही समयमा गरेको उनको आँकलन छ । त्यसो नगरेको भए श्रीलंकाको लिट्टे अथवा पेरुका विद्रोहीको जस्तै माओवादीको हालत हुनसक्ने अनुमानित परिणाम पनि उनले अगाडि सारे ।
नेकपा मुख्यालय धुम्बाराहीमा भएको श्रद्धाञ्जली सभाको प्रमुख आतिथ्यता गरेका उनले अहिले ०५२ सालको जस्तो विद्रोह गरेर नहुने पनि बताए । उनले प्रतिबन्धित नेकपा नेत्रविक्रम चन्द समूहलाई लक्षित गरी त्यस्तो अभिव्यक्ति दिएका थिए ।