अवदेखी विवाह कार्डमा दुलाहा/दुलहीको जन्ममिती अनिबार्य राख्नुपर्ने
न्युज डेस्कप्रकाशित मिति: २०७६ माघ १७, शुक्रबार (४ साल अघि)
३३२ पाठक संख्या
काठमाण्डौ – पछिल्लो समय शुभ बिवाह ब्रतबन्ध लगायत्का बिभिन्न कार्यमा निम्तो गर्नाका लागी महंगो मुल्य तिरेरै भयपनी निमन्त्रणा कार्ड छाप्ने र बितरण गर्ने प्रचलन ह्वात्तै बढेको छ ।
तर बिवाह कार्डमा दुलाहा दुलहीको नामथर, ठेगाना, कार्य हुने मिती लगायतका बिवरण खुलायपनी जन्म मिती भने खुलाईयको हँुदैन । तर अवदेखी विवाहका कार्डमा भने दुलाहा र दुलहीको जन्ममिती अनिवार्य राख्नुपर्ने भयको छ ।
यो नियम जारी गरीयपछी उदयपुरमा केही दिनयता विवाहका कार्डमा दुलाहा र दुलहीको जन्ममिती राख्न समेत थालिई सकेको छ । जिल्लाका अधिकांश छापाखानाले समेत विवाहको कार्ड छाप्दा विवाह हुने युवा युवतीको जन्मदर्ता वा नागरिकता हेरेर र बिबरण सुरक्षित तवरले राखेर मात्र जन्ममितीनै खुलाउन थालेका छन् ।
नियम जारी गरीयपछी उदयपुरमा, कानुनमा वाल विवाहलाई दण्डनिय अपराधका रुपमा राखेर “विहेवारी २० वर्षपारी” भन्ने अभियान समेत चलाईएको छ ।
बाल विवाहका घटना रोकथाम गर्न उदयपुर प्रहरीको सकृयतामा दुलहा र दुलहीको उमेर एकिन गर्न विवाहको निम्तो कार्डमै उमेर खुलाउनुपर्ने व्यवस्था सुरु गरिएको हो ।
उदयपुर प्रहरीको सकृयतामा छापाखानाहरुलाई कार्डमा उमेर खुलाउन अभियानताहरुले पत्रचार गरेपछि छापाखानाले जन्ममिती सहितको कार्ड छाप्न समेत थालेको हो ।
गत मंसिरमा जिल्ला प्रहरीले वालविवाह भईरहेको अवस्थामा बेहुला बेहली, आफन्त र जन्तीलाई पक्राउ समेत गरेको थियो ।
पक्राउका क्रममा जन्तीहरुले विवाहको निम्तो मान्न आउदा उमेर सोधेर आउने कुरा भएन भन्ने तर्क गरेका थिए । सो घटनापछि जिल्ला प्रहरीले कर्डमै उमेर खुलाउने काममा सक्रियता देखाएको हो ।