विप्लव नेकपा परित्याग गरेका बुद्ध सहित १४ जना नेकपामा प्रवेस
न्युज डेस्कप्रकाशित मिति: २०७६ माघ ९, बिहिबार (४ साल अघि)
१९० पाठक संख्या
धादिङ :
केहि समय पहिले मात्र विप्लव नेतृत्वको नेकपा परित्याग गरेका नेकपा धादिङका सेक्रेटरी बुद्ध गुरुङ सहित १४ जनाले आज नेपाल कम्युनिष्ट पार्टी नेकपामा प्रवेस गरेका छन् ।
सिद्धलेक गाउँपालिका वडा नं. ६ कुम्पुर स्थित परेवाटारमा एक औपचारिक कार्यक्रमको आयोजना गरि वागमती प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री शालिकराम जमकट्टेलले बुद्ध सहित १४ जनालाई खादा लगाई नेकपामा प्रवेश गराएको नेपाल कम्युनिष्ट पार्टी नेकपा सिद्धलेकका अध्यक्ष खुनराज थापाले जानकारी दिनुभयो ।
केहि समय पहिला मात्र विप्लव नेतृत्वको नेकपाको धादिङ सेक्रेटरी रहेको बेला पक्राउ परेका बुद्ध गुरुङ धरौटीमा रिहा भए सँगै उनले पार्टी परित्यागको घोषणा गरेका थिए ।
नेकपा धादिङका नेता तथा कार्यकर्ताको बाक्लो उपस्थिति थियो । विप्लव नेतृत्वको नेकपा परित्याग गरी सत्तासिन दल नेकपा प्रबेश गर्नेहरुमा बुध्द गुरुङसंगै धन ब घले, बिष्णु श्रेष्ठ, राम ब घले, राजु घले, सङ्ख नारायण श्रेष्ठ, सुखलाल नेपाली, राजकुमार नेपाली, मिलन घले, संगिता घले, लक्ष्मि घले, राजु गुरुङ, खड्ग ब श्रेष्ठ र मोहन श्रेष्ठ रहेका छन् ।