न्युज डेस्कप्रकाशित मिति: २०७६ पौष १७, बिहिबार (४ साल अघि)
१४९ पाठक संख्या
चितवन :
पोल्ट्री दिवशको अवशरमा नेपाल अण्डा उत्पादक संघले चितवनमा बिरामीलाई अण्डा बितरण गरेको छ ।
सातौँ पोल्ट्री दिवशको अवशर पारेर संघले बिहिवार, जिल्ला अस्पताल चितवन र भरतपुर क्यान्सर अस्पतालमा रहेका बिरामी, बिरामीका आफन्त तथा सुत्केरी महिलालाई अण्डा बितरण गरेको हो ।
नेपाल अण्डा उत्पादक संघका केन्द्रीय उपाध्यक्ष किरण भुषण ओलीको अध्यक्षतामा आयोजना गरियको अण्डा बितरण कार्यक्रममा कुखुरा पालक संघका केन्द्रीय अध्यक्ष झनक पौडेल, अण्डा उत्पादक संघका केन्द्रीय कोषाध्यक्ष राजकुमार श्रेष्ठ, जिल्ला अस्पताल चितवनका प्रमुख लगायतको आतिथ्यता रहेको पोल्ट्री ब्यबसायी परमेश्वर अधिकारीले जानकारी दिनुभयो ।
अधिकारीका अनुसार कार्यक्रममा जिल्ला प्रहरी कार्यालय चितवन हिरासतमा समेत संघले अण्डा बितरण गरेको थियो ।