साना किसान सहकारी सलाङको साधारणसभा सम्पन्न : करोड बराबरको नाफा
न्युज डेस्कप्रकाशित मिति: २०७६ पौष ५, शनिबार (४ साल अघि)
१७७ पाठक संख्या
धादिङ :
साना किसान सहकारी संस्था लि. सिद्धलेक–४, सलाङको २० औं साधारणसभा सम्पन्न भएको छ ।
सिद्धलेक गाँउपालिका प्रेमनाथ सिलवालले पानसमा बत्ती बालेर साधारणसभाको उध्घाटन गरेका हुन् ।सहकारी संस्थाका अध्यक्ष डिल्ली प्रसाद पाठकको सभापतित्वमा सम्पन्न कार्यक्रममा जिल्ला समन्वय समिती धादिङका सदस्य द्धय तथा कृष्ण प्रसाद अर्याल, खुनराज थापा, सिद्धलेक ४ का वडाध्यक्ष रामहरी बराकोटि, साना किसान सहकारी संघ धादिङको अध्यक्ष रङ्ग थपलिया लगायतको आतिथ्यता रहेको थियो ।
संस्थाले आर्थिक वर्ष ०७५र०७६को कुल आम्दानी ४करोड ८९लाख ५४हजार,३ सय ४३, कुल खर्च ३ करोड ९१ लाख ३७ हजार ४ सय ११ र तथा नाफा ९८ लाख १६ हजार ९ सय ३३ रुपैयाँ रहेको सस्थाको प्रबन्धक गोपाल सिल्वालले जानकारी दिए ।
सलाङ गाविसलाई लक्षित गरि २०५५ सालमा स्थापना गरिएको उक्त सहकारीमा हाल सम्म २४७ समुह तथा १५सय ४४जना शेयर सदस्य रहेका छन् । छिमेकी गाविसहरु नलाङ र बेनिघाटमा पनी आफ्नो कार्य क्षेत्र विस्तार गरिएको समेत सस्थाको अध्यक्ष डिल्ली पाठकले जानकारी दिए ।
साना किसान सलाङ धादिङ जिल्लामा मात्र नभइ सिङ्गो नेपालमै नमुना सहकारीको रुपमा चिनिएको छ ।
‘महिनाको एकदिन भविश्यको लागि बचत गरौं, सबल र सक्षम संस्था निर्माण गरौं ’ भन्ने नारा लाई साना किसान परिवारमा गुन्जायमान गर्दै सस्थाले नयाँ–नयाँ बचतको योजना अघि सारेको छ । जसका कारण मासिक रुपमा रु ५०० देखि रु ३००० सम्म बचत गर्ने सदस्यको आर्थिक, सामाजिक, शैक्षिक र स्वास्थ्य स्थितिमा परिवर्तन भएको समेत देखिन्छ ।
सदस्यहरुको अदम्य साहस र संचालक समितिको समय अनुसार निर्णय गरि कार्यन्वयन गर्न सक्ने दुरदर्शिताले आज संस्था उदाहरणिय बन्न सफल भएको छ । संस्थाका अध्यक्ष डिल्लि पाठकले भने ।
सलाङ गाविसमा १ घर १ सदस्य र १ टोल १ अन्तर समुहको अबधारणा रहेको संस्थाको हाल आफ्नै पक्कि कार्यलय भवन छ ।
आफ्नै सहकारी भवनमा तालिम तथा सेमिनार हल, पृथ्वी राजमार्गको सलाङघाटमा तथा कालु पाण्डे मार्गको बुङचुङमा गरी आफ्नै २ वटा सहकारी पसल रहेको सस्थाको प्रबन्धक गोपाल सिलवालले बताए ।