काठमाडौं – लामो समयदेखि शिक्षा क्षेत्रको सुधार र शिक्षकका मागका विषयमा आन्दोलनरत रहेको शिक्षक महासंघ र सरकारबीच आज निर्णायक वार्ता हुने भएको छ। सोमबार र मंगलबार रातिसम्म चलेको वार्ता सकारात्मक भएको भन्दै आज दिउँसो २ बजे हुने बैठकलाई निर्णायक मानिएको छ।
शिक्षक महासंघकी सहअध्यक्ष नानुमाया पराजुलीका अनुसार महासंघ वार्तामा जाने र सरकार जसरी प्रस्तुत हुन्छ, महासंघ पनि त्यसै अनुसार प्रस्तुत हुने निर्णयमा पुगेको छ। “अग्रगामी शिक्षा ऐन जारी गर्ने कुरा हो, तर अहिलेसम्म सरकारले विश्वासको वातावरण बनाउन सकेको छैन,” पराजुलीले भनिन्, “आज पनि हामी वार्तामा जान्छौं। यदि सरकारले ऐन जारी गर्ने सुनिश्चितता दिन सक्यो भने त्यस अनुसार प्रस्तुत हुन्छौं, नगरेमा आन्दोलनलाई नयाँ रूप दिनेछौं।”
मंगलबार रातिको बैठकमा महासंघले सरकारलाई ९ बुँदे प्रस्ताव पेश गरेको थियो, जसमा शिक्षक तथा विद्यालय कर्मचारीसँग सम्बन्धित तलब, भत्ता, सामाजिक सुरक्षा र पेशागत मर्यादाका विषय समेटिएका छन्। आजको बैठकमा यिनै बुँदाहरूमा गहन छलफल हुने र केही बुँदामा सहमति भए मन्त्रिपरिषद्बाट स्वीकृति लिने तयारी भइरहेको छ।
शिक्षामन्त्री रघुजी पन्तले पनि मंगलबारको वार्ता सकारात्मक रहेको बताएका थिए र आजै टुंगो लाग्ने विश्वास व्यक्त गरेका थिए। महासंघका अनुसार, प्रस्तावित ९ बुँदामा निम्न विषयहरू समावेश छन्:
महासंघले स्पष्ट पारेको छ कि यी विषयलाई ऐनमार्फत समावेश गर्नुपर्ने हो, अन्यथा मन्त्रिपरिषद्बाट निर्णय लिएर त्यसको कार्यान्वयन समय तोकिएमा मात्र आन्दोलनको मोडालिटी परिवर्तन हुनेछ।
यसअघि निवर्तमान शिक्षामन्त्री विद्या भट्टराईले पनि यिनैमध्येका विषयहरू समेटेर ७ बुँदे प्रस्ताव तयार पारेकी थिइन्, जसअनुसार सरकारले ८ अर्ब रुपैयाँ खर्च गर्नुपर्ने थियो। अहिलेको ९ बुँदे प्रस्ताव पनि त्यही प्रस्तावको विस्तारित रूप मानिएको छ।
सरकार र शिक्षक महासंघबीच आजको वार्ताबाट शिक्षा ऐन जारी गर्ने प्रक्रियामा नयाँ ढोका खुल्ने कि आन्दोलन थप चर्किने भन्ने टुंगो लाग्ने अपेक्षा गरिएको छ।
सिद्धलेक ४, आरुवासटार, धादिङ
subhayugnews@gmail.com
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Director/Owner :
Bishwash Aryal 9851220820
Editor-in-Chief :
Bibek Aryal 9841065149
Editor :
Kushma Regmi 9849854534
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar