काठमाडौं – चर्चित गीतकार, साहित्यकार तथा समाजसेवी हरिभक्त बुढाथोकीको नयाँ गीत ‘दुरी मलाई हुनु छैन’ सार्वजनिक भएको छ। बुढाथोकीको आफ्नै युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको यो गीतमा प्रेम, दूरी र भावना समेटिएको छ।
गीतमा टेक बिसी र सिम्रोन परियारको सुमधुर स्वर रहेको छ भने संगीत पनि भीम बिसीले दिएका छन्। गीतलाई अझ प्रभावशाली बनाउने उद्देश्यले भिडियोमा अभिनयसमेत समावेश गरिएको छ। भिडियोमा बिना रावत, अनिता मेहेन्ता र भूगोल कुमार कार्कीले अभिनय गरेका छन्।
गीतको निर्देशन तथा कोरियोग्राफीको जिम्मेवारी विशाल कैनीले सम्हालेका छन्। उनले गीतको भाव अनुसार दृश्यहरु तयार पार्दै दर्शकमा भावनात्मक प्रभाव पार्ने प्रयास गरेका छन्। भिडियोको छायांकन, सम्पादन तथा प्रस्तुतिमा समेत व्यावसायिकता झल्किन्छ।
गीतकार हरिभक्त बुढाथोकी नेपाली साहित्यमा परिचित नाम हुन्। उनले गीत–संगीतको क्षेत्रमा मात्र होइन, समाजसेवा र अनुसन्धानमा पनि महत्वपूर्ण योगदान दिएका छन्। बुढाथोकीले एक दर्जनभन्दा बढी पुस्तकहरू प्रकाशन गरिसकेका छन् भने चारवटा विभिन्न विधाका अनुसन्धानात्मक शोधपत्रहरू पनि लेखेका छन्।
गीत ‘दुरी मलाई हुनु छैन’ को भाव र शब्द चयनले पनि बुढाथोकीको अनुभवी लेखनी र गहिरो अभिव्यक्तिलाई उजागर गर्छ। प्रेम र विछोडको मनोभावलाई सशक्त रूपमा चित्रण गरिएको यस गीतले नेपाली संगीतप्रेमी दर्शक–श्रोतामाझ राम्रो स्थान बनाउने विश्वास लिइएको छ।
सार्वजनिक गीतले सामाजिक सञ्जालमा समेत सकारात्मक प्रतिक्रिया पाइरहेको छ। धेरैले गीतको भाव, संगीत र भिडियोको संयोजनलाई तारिफ गरेका छन्। गीत मार्फत व्यक्त गरिएको भावनात्मक सन्देशले आम दर्शकहरूलाई छोएको प्रतिक्रिया देखिएको छ।
https://www.youtube.com/watch?v=OAIGN4mZhEI
सिद्धलेक ४, आरुवासटार, धादिङ
subhayugnews@gmail.com
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Director/Owner :
Bishwash Aryal 9851220820
Editor-in-Chief :
Bibek Aryal 9841065149
Editor :
Kushma Regmi 9849854534
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar