• समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • खेलकुद
  • भिडियो
  • कला साहित्य
  • सामाजिक संजालबाट
२०८२ अषाढ ३, मंगलबार
ट्रेन्डीङ्ग
subhayug subhayug.com नेकपा एमाले अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली धादिङ subhayug tv
Subhayug Logo
  • समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • भिडियो
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

इजरायली सेनाको आक्रमणमा गाजामा ५० जनाको मृत्यु

११ घण्टा अघि
२

किसानलाई कृषि कर्जाको ब्याजमा अनुदान दिइने

१३ घण्टा अघि
३

रास्वपाका सबै सांसद निलो रिवन लगाएर आन्दोलनमा

१४ घण्टा अघि
४

इजरायली आक्रमणपछि भारतले इरानस्थित विद्यार्थीहरूलाई सुरक्षित ठाउँमा सार्यो

१४ घण्टा अघि
५

सुर्खेतबाट हिँडेर ३१ दिनमा काठमाडौँ

१५ घण्टा अघि
६

इजरायल–इरानबीचको सैन्य झडप तीव्र : टेलिभिजन प्रशारणमै आक्रमण

१६ घण्टा अघि
७

प्रतिपक्षमा भए पनि सत्ता पक्षको भूमिका खेल्नैपर्ने बाध्यता आईलाग्यो : प्रचण्ड

१६ घण्टा अघि
८

टी-२० : पहिलो खेलमा नेपाल नेदरल्याण्डससँग पराजित

१६ घण्टा अघि
९

सिन्धुपाल्चोकमा बाढी पहिरोका कारण अरनिको राजमार्ग अवरुद्ध

१७ घण्टा अघि
१०

सुनको मुल्य घट्यो, तोलाको कति पुग्यो ?

१७ घण्टा अघि
११

सुन र हिरामा लगाएको कर हटाउन महासंघको माग

१७ घण्टा अघि
१२

बजेटमा मन्त्री, आसेपासे र बिचौलियाको हालीमुहाली : सांसद प्रकाश ज्वाला

१ दिन अघि

महिनाभर प्रचलित रहेका

  • harihar mayobadi १

    सिन्धुलीमा काङ्ग्रेस परित्याग गरि ३१ जना माओवादी केन्द्रमा प्रवेश

    १ हफ्ता अघि
  • silver ray २

    सिल्भर रे यार्साद्धारा आयोजित फुटवल प्रतियोगिता सम्पन्न

    १ हफ्ता अघि
  • dipendra das ३

    नेकोस कप स्केटिङ प्रतियोगिताका लागी दिपेन्द्र दासबाट एक लाख सहयोग घोषणा

    १ हफ्ता अघि
  • deuba ४

    मधेसमा कांग्रेसको नेतृत्वमा छिट्टै सरकार बन्छ : सभापति देउवा

    १ हफ्ता अघि
  • gs moters ५

    जी एस मोटर्सको सेवा अव स्वयम्भूबाट

    २ हफ्ता अघि
  • United Cement ६

    युनाइटेड सिमेन्टद्धारा धुनिवेशीका महिलाहरूलाई एडभान्स सिलाइकटाइ तालिम

    ३ हफ्ता अघि
  • keshab shrestha ७

    ‘सुसाइड नोट’ लेखेर डाक्टर बेपत्ता : आत्महत्या गरेको आशंका

    १ दिन अघि
  • ramesh-lekhak1620635481 ८

    भिजिट भिसामा मानव तस्करी प्रकरण : गृहमन्त्रीलाई राजीनामा गर्न पार्टीभित्रबाटै दबाब

    ३ हफ्ता अघि
  • sadak bivag dg ९

    सडक विभागको महानिर्देशक मन्त्रालय तानिए 

    ३ हफ्ता अघि
  • samsad abarod १०

    उच्चस्तरीय छानबिन समिति नबन्दासम्म संसद् चल्न नदिने विपक्षी दलहरूको अडान

    ३ हफ्ता अघि
  • prev
    next

    गभर्नर नियुक्तिमा डेञ्जर गेमप्लान

    न्युज डेस्कप्रकाशित मिति: २०८२ बैशाख १६, मंगलबार (१ महिना अघि)
  • २०२ पाठक संख्या
  • governor niyukti

    काठमाडौं – नेपालमा गणतान्त्रिक शासन व्यवस्थाको उदयसँगै बिचौलिया तथा स्वार्थ समूहहरुको प्रभाव निरन्तर बढ्दो छ । विभिन्न व्यापारिक तथा व्यवसायिक स्वार्थ समूहहरुले राजनीतिक उतारचढाव र ठूला नियुक्तिहरुमा लगातार आफ्नो प्रभूत्व जमाउँदै आएका छन् । पछिल्लो समय यो क्रमले अझ तीव्रता पाइरहेको छ ।

    बिचौलियाहरुको प्रभाव ठूला नियुक्तिहरुमा कुन स्तरमा बढ्दो छ भन्ने कुराको पछिल्लो उदाहरण बनेको छ नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तिमा उनीहरुले एकपछि अर्को प्लान प्रस्तुत गर्दै आफ्नो गोजीको मान्छेलाई नियुक्ति दिलाउन हरसम्भव प्रयास गर्नू । अदालतका विभिन्न व्यवधान र विभिन्न खेलहरुका कारण बिचौलियाहरुले अगाडि सारेको पूर्व मुख्यसचिव राजेन्द्रकिशोर क्षेत्री र डा.रविन्द्र पाण्डेका पक्षमा माहौल बन्न सकेन । अदालतले उनीहरुको गभर्नर बन्नसक्ने यात्रामा ब्रेक लगाइदिएपछि बिचौलियाहरुले प्लान बी, प्लान सी र प्लान डी नै बनाएर आफ्नै गोजीको मान्छेलाई गभर्नर बनाउने खेललाई निरन्तरता दिइरहे ।

    यो क्रममा प्लान बी अन्तर्गत राष्ट्र बंैककै डेपुटी गभर्नर डा.निलम ढुंगानालाई गभर्नर बनाउने प्रयास समेत प्रमुख सत्तारुढ घटक नेपाली कांग्रेसको असहयोगका कारण सफल हुन सकेन । कांग्रेसले गभर्नर आफ्नो पार्टीको भागमा पर्नुपर्ने अडान नछाड्दा एमाले क्याडर समेत रहेकी निलमको गभर्नर बन्ने सम्भावना नदेखेपछि बिचौलियाहरुले प्लान सीको रुपमा अगाडि नै तयार गरेर राखेका डा.गुणाकर भट्टको नाम अगाडि सारे । पछिल्लो समय देशमा चिनिएका बिचौलिया दीपक भट्टको योजनामा डा.भट्टको नाम अगाडि सारिएको समेत पाइएको छ ।

    गुणाकर भट्टको नाममा बिचौलियाहरुले जति पनि खर्च गर्ने भनेर वचन दिएका कारण उनलाई गभर्नर बनाउन बुढानिलकण्ठ लागिपरेको स्रोतको दाबी छ । दीपक भट्टलाई आफ्नो गेमप्लान सफल बनाउन शंकर ग्रुप लगायत ठूला घरानाहरुको साथ र सहयोग रहेको छ ।
    प्लान सी अन्तर्गत डा.गुणाकर भट्टको नाममा कांग्रेस सभापति शेरबहादुर देउवा र उनकी पत्नी आरजू देउवालाई सहमत गराउने काम गरेको बिचौलिया समूहले घुमाइ फिराई प्लान डी अन्तर्गत कुनै फरक पात्रलाई अगाडि सारेर गभर्नर एमालेको भागमा पर्ने गरी खेल खेलिरहेको स्रोतहरुको दाबी छ । यदि गभर्नरको विषयमा बिग्रिएको माहौल यस्तै कायम रहिरहने हो भने बिचौलियाहरुको प्लान डी अन्तर्गतको कसैले नसोचेको पात्र गभर्नर बन्नसक्ने सम्भावना रहेको स्रोतहरु दाबी गर्छन् ।

    बिचौलिया दीपक भट्ट र आरसी भट्टको समूहले आफूनिकटका व्यक्तिलाई नै गभर्नर बनाउने भन्दै यसअघि विभिन्न व्यापारिक समूहहरुबाट पैसा नै उठाएको विषय विभिन्न सञ्चारमाध्यमहरुमा सार्वजनिक भएका थिए । बिचौलिया समूहको पैसा उठाएर राजेन्द्रकिशोर क्षेत्रीलाई गभर्नर बनाउने प्रयास सफल नभएपछि उठिसकेको केही सय करोड खर्च गरी आफ्नो गोजीको मान्छेलाई नै केन्द्रीय बैंकमा ल्याउने प्रयासले सफलता पाउन लागेको बुझिएको छ ।

    प्रधानमन्त्री केपी शर्मा ओली सहमत भएको खण्डमा प्लान सी अन्तर्गतका डा. गुणाकरलाई गभर्नर बनाउने, तर सहमत नभएको खण्डमा उनलाई समेत फालेर एमालेकै कुनै क्याडरलाई गभर्नर बनाउने गरी बिचौलिया समूहले काम गरिरहेको बुझिएको छ ।
    प्लान डी अन्तर्गत बिचौलिया समूहले डेपुटी गभर्नर बमबहादुर मिश्र वा प्रधानमन्त्रीका विकास सल्लाहकार डा.युवराज खतिवडाका छोरीज्वाईं डा.रामशरण खरेलको नाम ठीक्क पारेर राखेको समेत स्रोतको दाबी छ ।

    गभर्नर भरसक कांग्रेसलाई नदिइने षड्यन्त्र

    गभर्नरमा कांग्रेसले आफ्नो अडान नछाडेपछि अप्ठ्यारोमा परेका प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली यो वा त्यो कारण देखाएर आफ्नै नजिकका पात्रलाई गभर्नर बनाउने भित्री अभियानमा रहेका स्रोत दाबी गर्छ ।

    यसअघि पनि अदालतमा मुद्दा हाल्न लगाएर वा विभिन्न आरोप तथा हल्लाहरु चलाएर कांग्रेसले दिएका नामहरुलाई विवादमा पार्ने र एमालेनिकट नाममा कांग्रेस सभापति देउवालाई सहमत गराउने ओलीको गेमप्लान रहेको देखिन्छ । यसैकारण कांग्रेसले दिइसकेको डा. गुणाकर भट्टको नाममा अझै पनि नियुक्ति गर्ने इच्छा सरकारले देखाएको छैन ।

    कांग्रेसबाट आएका नामहरुको विषयमा भ्रम फैलाएर माहौला बिगार्ने, अदालत र अन्य निकायलाई लगाएर नियुक्तिको विषयमा अलमलको अवस्था बनाउने र खुसुक्क आफ्नो निकटको मान्छेलाई गभर्नर बनाउने गेमप्लानमा ओलीले बिचौलिया दीपक भट्टको साथ लिएको बालुवाटारस्थित स्रोतहरु नै दाबी गर्छन् । बिचौलियाको समेत काम गराउने समझदारीका साथ एमाले निकटकै मान्छेलाई गभर्नर बनाउन समेत नियुक्ति प्रक्रियालाई लम्ब्याइएको र गिजोलिएको आरोप लाग्ने गरेको छ ।

     

  • subhayug
  • गभर्नर
  • बिचौलियाको प्रभाव
  • राष्ट्र बैंक
  • प्रतिक्रिया दिनुहोस
    देश सम्बन्धि थप
  • इजरायली सेनाको आक्रमणमा गाजामा ५० जनाको मृत्यु

  • किसानलाई कृषि कर्जाको ब्याजमा अनुदान दिइने

  • रास्वपाका सबै सांसद निलो रिवन लगाएर आन्दोलनमा

  • इजरायली आक्रमणपछि भारतले इरानस्थित विद्यार्थीहरूलाई सुरक्षित ठाउँमा सार्यो


  • समाचार
  • १

    इजरायली सेनाको आक्रमणमा गाजामा ५० जनाको मृत्यु
    ११ घण्टा अघि

  • २

    किसानलाई कृषि कर्जाको ब्याजमा अनुदान दिइने
    १३ घण्टा अघि

  • ३

    रास्वपाका सबै सांसद निलो रिवन लगाएर आन्दोलनमा
    १४ घण्टा अघि

  • ४

    इजरायली आक्रमणपछि भारतले इरानस्थित विद्यार्थीहरूलाई सुरक्षित ठाउँमा सार्यो
    १४ घण्टा अघि

  • ५

    सुर्खेतबाट हिँडेर ३१ दिनमा काठमाडौँ
    १५ घण्टा अघि

  • ६

    इजरायल–इरानबीचको सैन्य झडप तीव्र : टेलिभिजन प्रशारणमै आक्रमण
    १६ घण्टा अघि

  • ७

    प्रतिपक्षमा भए पनि सत्ता पक्षको भूमिका खेल्नैपर्ने बाध्यता आईलाग्यो : प्रचण्ड
    १६ घण्टा अघि

  • ८

    टी-२० : पहिलो खेलमा नेपाल नेदरल्याण्डससँग पराजित
    १६ घण्टा अघि

  • ९

    सिन्धुपाल्चोकमा बाढी पहिरोका कारण अरनिको राजमार्ग अवरुद्ध
    १७ घण्टा अघि

  • १०

    सुनको मुल्य घट्यो, तोलाको कति पुग्यो ?
    १७ घण्टा अघि

  • सुभयुग प्रभाव सबै
    United Cement
    ३ हफ्ता अघि

    युनाइटेड सिमेन्टद्धारा धुनिवेशीका महिलाहरूलाई एडभान्स सिलाइकटाइ तालिम

    सामाजिक सञ्जालबाट
    १

    इजरायली सेनाको आक्रमणमा गाजामा ५० जनाको मृत्यु

    subhayug
    २

    इजरायली आक्रमणपछि भारतले इरानस्थित विद्यार्थीहरूलाई सुरक्षित ठाउँमा सार्यो

    subhayug
    ३

    इजरायल–इरानबीचको सैन्य झडप तीव्र : टेलिभिजन प्रशारणमै आक्रमण

    subhayug
    ४

    झन् चर्किंदै इजरायल–इरान युद्ध

    subhayug
    Shubhayug Logo

    सुभयुग मिडिया प्रा.लि.

    सिद्धलेक ४, आरुवासटार, धादिङ

    subhayugnews@gmail.com

    01-5705310

    सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९

    हाम्रो टीम

    Director/Owner :
    Bishwash Aryal 9851220820

    Editor-in-Chief :
    Bibek Aryal 9841065149

    Editor :
    Kushma Regmi 9849854534

    Desk Editor : Haribahadur Baniya
                            : Bikash Rauniyar

    • Home
    • सम्पर्क
    • हाम्रो बारेमा
    • प्रवास
    • फिचर
    • स्थानीय
    • स्वास्थ्य
    • पर्यटन
    • भिडियो
    • सुभयुग प्रभाव
    • Privacy
    © २०७७ शुभयुग मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution