• समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • खेलकुद
  • भिडियो
  • कला साहित्य
  • सामाजिक संजालबाट
२०८२ अषाढ १५, आईतबार
ट्रेन्डीङ्ग
subhayug subhayug.com नेकपा एमाले अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली धादिङ subhayug tv
Subhayug Logo
  • समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • भिडियो
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

अभिनेत्री शेफालीको निधन

३ घण्टा अघि
२

१९ सहकारी सञ्चालकलाई ऋण तिर्न ‘अल्टिमेटम’

४ घण्टा अघि
३

प्रतिनिधिसभाबाट संघीय निजामती सेवा विधेयक बहुमतले पारित

४ घण्टा अघि
४

‘मालती मंगले’मा विजय र वर्षा

५ घण्टा अघि
५

प्रतिनिधिसभाबाट राष्ट्र ऋण उठाउने विधेयक बहुमतले पारित

१ दिन अघि
६

गोंगबुमा यामाहाको नयाँ ३–एस सोरुम

१ दिन अघि
७

सिन्धुपाल्चोकको तीपेनीमा यात्रुबाहक बस दुर्घटना: ८ जना घाइते

१ दिन अघि
८

यस्तो छ प्रधानमन्त्री ओलीको स्पेन भ्रमण तालिका

१ दिन अघि
९

लक्ष्मी सनराइज बैंक र आइएफसीबीच साझेदारी

१ दिन अघि
१०

एसियन कप छनोटको तयारीमा नेपाल

१ दिन अघि
११

‘मैसा’मा रश्मिकाको उपस्थिति

१ दिन अघि
१२

बैदेशिक कार्यक्रममा ब्यस्त मोडल ग्रिश्मा

१ दिन अघि

महिनाभर प्रचलित रहेका

  • harihar mayobadi १

    सिन्धुलीमा काङ्ग्रेस परित्याग गरि ३१ जना माओवादी केन्द्रमा प्रवेश

    ३ हफ्ता अघि
  • silver ray २

    सिल्भर रे यार्साद्धारा आयोजित फुटवल प्रतियोगिता सम्पन्न

    २ हफ्ता अघि
  • press met ३

    हेटौँडामा नेकोस कप राष्ट्रिय महिला भलिबल र स्केटिङ प्रतियोगिता हुँदै

    १ हफ्ता अघि
  • dipendra das ४

    नेकोस कप स्केटिङ प्रतियोगिताका लागी दिपेन्द्र दासबाट एक लाख सहयोग घोषणा

    २ हफ्ता अघि
  • deuba ५

    मधेसमा कांग्रेसको नेतृत्वमा छिट्टै सरकार बन्छ : सभापति देउवा

    ३ हफ्ता अघि
  • keshab shrestha ६

    ‘सुसाइड नोट’ लेखेर डाक्टर बेपत्ता : आत्महत्या गरेको आशंका

    १ हफ्ता अघि
  • skt mak ७

    स्केटिङ संघ मकवानपुरको अध्यक्षमा कुमारी तितुङ चयन

    ३ दिन अघि
  • prakash jwala ८

    सरकारले नै सिन्डिकेटलाई संरक्षण गरेको प्रकाश ज्वालाको आरोप

    ३ हफ्ता अघि
  • FB_IMG_1749345677362_edit_109159809547680 ९

    हरिहरपुरगढी गाउँपालिका अध्यक्षद्वारा मृतक परिवारलाई सहयोग

    ३ हफ्ता अघि
  • apanga sangh programme 2 १०

    हेटौंडामा अपाङ्गता सूचना केन्द्र संचालन र व्यवस्थापन सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न

    २ हफ्ता अघि
  • prev
    next

    समग्रमा अर्थतन्त्रले गति लिएको अर्थ मन्त्रालयको दाबी

    शुभयुग संवाददाताप्रकाशित मिति: २०८२ बैशाख १५, सोमबार (२ महिना अघि)
  • ६३ पाठक संख्या
  • artha mantralaya

    काठमाडौँ – अर्थ मन्त्रालयले समग्रमा मुलुकको अर्थतन्त्रले गति लिएको निष्कर्ष निकालेको छ । अर्थ मन्त्रालयले प्रकाशित गरेको अर्थ बुलेटिनमार्फत यस्तो निष्कर्ष निकालेको हो ।

    बुलेटिनमा भनिएको छ, ‘अर्थतन्त्रका बाह्य सूचक सबल र सुदृढ छन् भने आन्तरिक सूचकहरूमा सुधार हुँदै गएको छ । समग्रमा अर्थतन्त्रले गति लिएको छ ।’ बुलेटिनमा राजस्व परिचलानमा वृद्धि, पूँजीगत खर्चमा वृद्धि, करको दायरा विस्तारमा वृद्धि, वैदेशिक सहायता प्रतिबद्धतामा वृद्धि, नेप्से सूचकांकमा वृद्धि, निर्यातमा वृद्धि, आयातमा वृद्धिलगायत उल्लेख गरेको छ ।

    मन्त्रालयका अनुसार सार्वजनिक वित्तका सूचक सकारात्मक रहेका छन् । आर्थिक वर्ष २०८१/०८२ को फागुनसम्म संघीय सरकारको राजस्व परिचालन १२ दशमलव ७ प्रतिशत र कुल खर्च ४ दशमलव ९४ प्रतिशतले वृद्धि भएको छ । सार्वजनिक ऋण २०८१ असारमसान्तको तुलनामा ९ दशमलव ९ प्रतिशतले वृद्धि भएको छ ।आर्थिक वर्ष २०८१/०८२ को फागुनसम्म संघीय सरकारको कुल राजस्व अघिल्लो आर्थिक वर्षको सोही अवधिको ६ खर्ब ३९ अर्ब ५ करोडको तुलनामा १२ दशमलव ७ प्रतिशतले वृद्धि भई ७ खर्ब २० अर्ब ३५ करोड पुगेको छ । कुल राजस्वमा कर राजस्व र गैरकर राजस्वको अंश क्रमशः ८८ दशमलव ७ प्रतिशत र ११ दशमलव ३ प्रतिशत रहेको छ । यस अवधिमा अन्य प्राप्तिसहित कुल प्राप्ति ७ खर्ब २९ अर्ब ६६ करोड पुगेको छ ।आर्थिक वर्ष २०७८/०७९ को फागुनसम्म उच्च दरले वृद्धि भएको राजस्व आर्थिक वर्ष २०७९/०८० को सोही अवधिमा १४ दशमलव ९ प्रतिशतले घटेको थियो । तत्पश्चातका आर्थिक वर्षमा क्रमशः सुधार हुँदै चालु आर्थिक वर्षको पहिलो ८ महिनामा राजस्व वृद्धिदर १२ दशमलव ७ प्रतिशत रहेको अर्थ मन्त्रायले जनाएको छ ।

    आर्थिक वर्ष २०८१/०८२ को फागुनसम्म संघीय सरकारको कुल खर्च गत आर्थिक वर्षको सोही अवधिको कुल खर्च ८ खर्ब १ अर्ब ५८ करोडको तुलनामा ४ दशमलव ९४ प्रतिशतले वृद्धि भई ८ खर्ब ४१ अर्ब १५ करोड पुगेको छ । यस अवधिमा चालु खर्चमा सीमान्त दरले वृद्धि, पुँजीगत खर्चमा न्यून दरले वृद्धि र वित्तीय व्यवस्था तर्फको खर्चमा भने उच्च दरले वृद्धि भएको छ ।

    कुल खर्चमध्ये चालु खर्च ६९ दशमलव ६ प्रतिशत, पुँजीगत खर्च ९ दशमलव ८ प्रतिशत र वित्तीय व्यवस्थातर्फ २० दशमलव ६ प्रतिशत रहेको छ । गत आर्थिक वर्षको फागुनसम्म यस्तो खर्च क्रमशः ७२ दशमलव ६ प्रतिशत, १० दशमलव १ प्रतिशत र १७ दशमलव २ प्रतिशत रहेको थियो । यस अवधिको चालु खर्च, पुँजीगत खर्च र वित्तीय व्यवस्थातर्फको खर्चमा क्रमशः शून्य दशमलव ६ प्रतिशत, १ दशमलव ७ प्रतिशत र २५ दशमलव १ प्रतिशतले वृद्धि भएको छ ।व्यक्तिगत तथा व्यावसायिक स्थायी लेखा नम्बर लिने करदाताको संख्या बढेसँगै करको दायरा विस्तार भएको छ । आर्थिक वर्ष २०८०/०८१ को फागुनसम्म ४ लाख ९४ हजार ८६३ स्थायी लेखा नम्बर लिएका करदाता थप भएकोमा चालु आर्थिक वर्षको सोही अवधिमा कुल ५ लाख ११ हजार २३९ करदाता थप भई कुल संख्या ६७ लाख ३७ हजार ३७२ पुगेको छ ।

    यस अवधिमा दर्ता भएका कुल स्थायी लेखा नम्बरमा व्यावसायिक स्थायी लेखा नम्बर, करकट्टी गर्ने निकायले लिएको स्थायी लेखा नम्बर र व्यक्तिगत स्थायी लेखा नम्बरको अनुपात क्रमशः ३० दशमलव १ प्रतिशत, शून्य दशमलव ५ प्रतिशत र ६९ दशमलव ४ प्रतिशत रहेको छ । यस अवधिसम्म मूल्य अभिवृद्धि करमा दर्ता भएका करदाता ३ लाख ४३ हजार ७७१ र अन्तःशुल्कमा दर्ता हुने करदाताको संख्या १ लाख २३ हजार ६७२ पुगेको छ ।

    चालु आर्थिक वर्षको फागुनसम्म ‘वैदेशिक सहायता प्रतिवद्धता गत आर्थिक वर्षको सोही अवधिको तुलनामा उल्लेख्य वृद्धि भई २ खर्ब २१ अर्ब ९९ करोड ८७ लाख पुगेको छ । कुल सहायता प्रतिवद्धतामध्ये अनुदानको अंश २५ दशमलव ७ प्रतिशत रहेको छ भने ऋणको अंश ७४ दशमलव ३ प्रतिशत रहेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कुल वैदेशिक सहायता प्रतिवद्धता १ खर्ब १ अर्ब १९ करोड ६१ लाख रुपैयाँ रहेको थियो ।

    चालु आर्थिक वर्षको साउनदेखि फागुन महिनासम्मको औसत मुद्रास्फीति ४ दशमलव ७२ प्रतिशत रहेको छ । जुन वार्षिक लक्ष्यको सीमाभित्र रहेको छ । चालु आर्थिक वर्षको पहिलो ८ महिनामा विस्तृत मुद्राप्रदाय ४ दशमलव ८ प्रतिशतले वृद्धि भएको छ । अघिल्लो वर्षको सोही अवधिमा उक्त मुद्राप्रदाय ७ दशमलव ७ प्रतिशतले वृद्धि भएको थियो । वार्षिक बिन्दुगत आधारमा २०८१ फागुन मसान्तमा विस्तृत मुद्राप्रदाय ९ दशमलव ९ प्रतिशतले वृद्धि भएको छ । कुल वस्तु आयात ११ दशमलव २ प्रतिशतले र निर्यात ५७ दशमलव २ प्रतिशतको उच्च दरले वृद्धि भएको छ । निर्यात व्यापारको आकार सानो हुँदा व्यापार घाटा ६ दशमलव २ प्रतिशतले वृद्धि भएको छ ।

  • subhayug
  • subhayug.com
  • प्रतिक्रिया दिनुहोस
    अर्थ सम्बन्धि थप
  • १९ सहकारी सञ्चालकलाई ऋण तिर्न ‘अल्टिमेटम’

  • प्रतिनिधिसभाबाट संघीय निजामती सेवा विधेयक बहुमतले पारित

  • ‘मालती मंगले’मा विजय र वर्षा

  • प्रतिनिधिसभाबाट राष्ट्र ऋण उठाउने विधेयक बहुमतले पारित


  • समाचार
  • १

    अभिनेत्री शेफालीको निधन
    ३ घण्टा अघि

  • २

    १९ सहकारी सञ्चालकलाई ऋण तिर्न ‘अल्टिमेटम’
    ४ घण्टा अघि

  • ३

    प्रतिनिधिसभाबाट संघीय निजामती सेवा विधेयक बहुमतले पारित
    ४ घण्टा अघि

  • ४

    ‘मालती मंगले’मा विजय र वर्षा
    ५ घण्टा अघि

  • ५

    प्रतिनिधिसभाबाट राष्ट्र ऋण उठाउने विधेयक बहुमतले पारित
    १ दिन अघि

  • ६

    गोंगबुमा यामाहाको नयाँ ३–एस सोरुम
    १ दिन अघि

  • ७

    सिन्धुपाल्चोकको तीपेनीमा यात्रुबाहक बस दुर्घटना: ८ जना घाइते
    १ दिन अघि

  • ८

    यस्तो छ प्रधानमन्त्री ओलीको स्पेन भ्रमण तालिका
    १ दिन अघि

  • ९

    लक्ष्मी सनराइज बैंक र आइएफसीबीच साझेदारी
    १ दिन अघि

  • १०

    एसियन कप छनोटको तयारीमा नेपाल
    १ दिन अघि

  • सुभयुग प्रभाव सबै
    United Cement
    १ महिना अघि

    युनाइटेड सिमेन्टद्धारा धुनिवेशीका महिलाहरूलाई एडभान्स सिलाइकटाइ तालिम

    सामाजिक सञ्जालबाट
    १

    अभिनेत्री शेफालीको निधन

    subhayug
    २

    ‘मैसा’मा रश्मिकाको उपस्थिति

    subhayug
    ३

     दुर्गेशले अस्ट्रेलियामा दुस्मन हेरेको हेर्यै टुर गर्ने

    subhayug
    ४

    अमेरिकी सैन्य अड्डाहरूमा फेरि आक्रमण गर्ने इरानी सर्वोच्च नेता खामेनीले दिए धम्की

    subhayug
    Shubhayug Logo

    सुभयुग मिडिया प्रा.लि.

    सिद्धलेक ४, आरुवासटार, धादिङ

    subhayugnews@gmail.com

    01-5705310

    सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९

    हाम्रो टीम

    Director/Owner :
    Bishwash Aryal 9851220820

    Editor-in-Chief :
    Bibek Aryal 9841065149

    Editor :
    Kushma Regmi 9849854534

    Desk Editor : Haribahadur Baniya
                            : Bikash Rauniyar

    • Home
    • सम्पर्क
    • हाम्रो बारेमा
    • प्रवास
    • फिचर
    • स्थानीय
    • स्वास्थ्य
    • पर्यटन
    • भिडियो
    • सुभयुग प्रभाव
    • Privacy
    © २०७७ शुभयुग मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution