• समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • खेलकुद
  • भिडियो
  • कला साहित्य
  • सामाजिक संजालबाट
२०८२ अषाढ ११, बुधबार
ट्रेन्डीङ्ग
subhayug subhayug.com नेकपा एमाले अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली धादिङ subhayug tv
Subhayug Logo
  • समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • भिडियो
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

प्रतिनिधिसभाबाट विनियोजन विधेयक बहुमतले पारित

१४ घण्टा अघि
२

क्षेत्रगत कर्जा विस्तारमा राष्ट्र बैंक लचिलो

१६ घण्टा अघि
३

रास्वपा र राप्रपाले स्वीकारेनन् उच्चस्तरीय छानविन समिति

१९ घण्टा अघि
४

अब भिजिट भिसाको समस्या दीर्घकालीन रुपमै समाधान हुन्छ : गृहमन्त्री

२० घण्टा अघि
५

युद्धविरामबारे इजरायलको पहिलो प्रतिक्रिया: ‘सबैले पालना गरे मात्र सम्भव’

२१ घण्टा अघि
६

इरान–इजरायल संघर्षमा युद्धविराम लागू भएको ट्रम्पको घोषणा

२१ घण्टा अघि
७

‘फर्की फर्की’ टिमविरुद्ध मुद्दा दायर

२१ घण्टा अघि
८

सुनचाँदीमा कर प्रणाली चुस्त बनाउन निर्देशन

२१ घण्टा अघि
९

भिजिट भिसा प्रकरण छानविन गर्न शंकरदास वैरागीको नेतृत्वमा बन्यो समिति

२२ घण्टा अघि
१०

इजरायलले इरानको जेललाई निशाना बनाएर फेरि गर्यो आक्रमण

१ दिन अघि
११

नेकोस कप राष्ट्रिय महिला भलिबल प्रतियोगिताको सेमिफाइनल समिकरण पूरा

१ दिन अघि
१२

जसपाले सरकारलाई दिएको समर्थन फिर्ता लिने

१ दिन अघि

महिनाभर प्रचलित रहेका

  • harihar mayobadi १

    सिन्धुलीमा काङ्ग्रेस परित्याग गरि ३१ जना माओवादी केन्द्रमा प्रवेश

    २ हफ्ता अघि
  • silver ray २

    सिल्भर रे यार्साद्धारा आयोजित फुटवल प्रतियोगिता सम्पन्न

    २ हफ्ता अघि
  • press met ३

    हेटौँडामा नेकोस कप राष्ट्रिय महिला भलिबल र स्केटिङ प्रतियोगिता हुँदै

    ४ दिन अघि
  • dipendra das ४

    नेकोस कप स्केटिङ प्रतियोगिताका लागी दिपेन्द्र दासबाट एक लाख सहयोग घोषणा

    २ हफ्ता अघि
  • deuba ५

    मधेसमा कांग्रेसको नेतृत्वमा छिट्टै सरकार बन्छ : सभापति देउवा

    २ हफ्ता अघि
  • gs moters ६

    जी एस मोटर्सको सेवा अव स्वयम्भूबाट

    ३ हफ्ता अघि
  • United Cement ७

    युनाइटेड सिमेन्टद्धारा धुनिवेशीका महिलाहरूलाई एडभान्स सिलाइकटाइ तालिम

    ४ हफ्ता अघि
  • keshab shrestha ८

    ‘सुसाइड नोट’ लेखेर डाक्टर बेपत्ता : आत्महत्या गरेको आशंका

    १ हफ्ता अघि
  • samsad abarod ९

    उच्चस्तरीय छानबिन समिति नबन्दासम्म संसद् चल्न नदिने विपक्षी दलहरूको अडान

    ४ हफ्ता अघि
  • sadak bivag dg १०

    सडक विभागको महानिर्देशक मन्त्रालय तानिए 

    ४ हफ्ता अघि
  • prev
    next

    युक्रेनले झन्डै २० प्रतिशत भूभाग गुमाउने, नेटो सदस्य बन्न नपाउने

    शुभयुग संवाददाताप्रकाशित मिति: २०८२ बैशाख १५, सोमबार (१ महिना अघि)
  • ९२ पाठक संख्या
  • jelensky-woth-world-leader

    काठमाडौँ – गत २० जनवरीमा दोस्रो कार्यकालका लागि ह्वाइट हाउस प्रवेश गरेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको पूर्वअभिव्यक्ति अनुरुप रुस–युक्रेन युद्ध अन्ततः स्थायी युद्धविराममा पुगेर टुंगिने भएको छ । तर, यसका लागि एउटा सार्वभौम मुलुक युक्रेनले भने ठुलो मूल्य चुकाउनुपर्नेछ ।

    अमेरिकी पहल र मध्यस्थतामा अहिलेसम्म भएका वार्ताबाट शान्ति स्थापनाका लागि युक्रेनले आफ्नो २० प्रतिशत भूमि गुमाउनुपर्ने सम्भावना प्रवल भएको छ । विश्व राजनीतिमा महत्व राख्ने बेलायत, फ्रान्स, युरापेली युनियन र अमेरिकाको एउटै मत भएपछि २४ फेब्रुअरी २०२२ देखि सुरु भएको रुस–युक्रेन युद्ध अन्त्यको बाटोमा गएको हो ।

    शनिबार युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की र ट्रम्पको भेटपछि अमेरिकी राष्ट्रपति ट्रम्पले युद्ध अन्त्य हुने कुरामा युक्रेनको भूमिका सकारात्मक हुने अपेक्षा गरेका छन् । यसअघि बारम्बार युद्ध लम्बिनु र शान्ति स्थापना नहुनुमा युक्रेनी राष्ट्रपति जेलेन्स्कीलाई आरोप लगाउने गरेका राष्ट्रपति ट्रम्पले शनिबार रुसी राष्ट्रपति भ्लादिमिर पुटिनमाथि युद्धविराममा गम्भीर नभएको आरोपसमेत लगाए । रोममा पोप फ्रान्सिसको अन्त्येष्टि कार्यक्रममा पुगेका ट्रम्पले अन्त्येष्टि सुरु हुनुअघि जेलेन्स्कीसँग वार्ता गरेका थिए । ह्वाइट हाउसले १५ मिनेट लामो सो वार्ता गम्भीर भएको तथा सम्भवतः ऐतिहासिक समेत हुन सक्ने जनाएको छ ।

    पहिलो भेटमा जेलेन्स्कीलाई युद्धको कार्ड नभएको कुरा बताएका ट्रम्पले शनिबारको भेटमा पनि सोही कुरा बताएका थिए । युक्रेनी प्रतिनिधिमण्डलले बेलायती प्रधानमन्त्री केइर स्टेइमर र फ्रान्सका राष्ट्रपति इम्मानुएल म्याक्रोसमेत सहभागी तस्बिर सार्वजनिक गर्दै सो वार्ता अत्यन्त फलदायी भएको जनाएको छ ।

    युक्रेनी प्रतिनिधिमण्डलले ट्रम्प र जेलेन्स्कीबीच दोस्रो वार्ताको सम्भावना बताए पनि ट्रम्प अन्य नेताहरूभन्दा पहिले नै त्यहाँबाट हिँडेका थिए । यी ४ नेताबीच भएको जम्काभेटको तस्बिरलाई भने युक्रेनी सरकारले महत्वपूर्ण तथा नयाँ मोडको जम्काभेटका रूपमा व्याख्या गरेको छ । ट्रम्पपछि जेलेन्स्कीले म्याक्रो र स्टेइमरसँग पनि भिन्नै वार्ता गरेका थिए । जेलेन्स्कीले शनिबार नै युरोपेली युनियनका प्रमुख उरुस्ला भान डेर लियनसँग भेट गरेका थिए । म्याक्रोले पनि सामाजिक सञ्जालमा ट्रम्पसँग कुरा मिलेका कारण युद्ध अन्त्यको सम्भावना बढी भएको बताए ।

    यसैबीच, अमेरिकी दूत स्टिफ विटकोफ र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच मस्कोमा शुक्रबार ३ घन्टा लामो वार्ता भयो । रुसी प्रतिनिधिमण्डलका युरी युसाकोभले युक्रेनसँगको प्रत्यक्ष वार्ताका लागि केही विषय अझै बाँकी रहेको बताएका छन् । अमेरिकाले अझै पनि पूर्ण विवरण भने बाहिर ल्याएको छैन । तर, रुसले अमेरिकी प्रस्तावको पक्षमा आफूहरू रहेको बताइसकेको छ ।

    यसअघि युक्रेनी राष्ट्रपति जेलेन्स्कीले पूर्ण र निःसर्त वार्ताको तयारी भए पनि भूगोल र सीमाको विषयमा छलफल भएको बताएका थिए । अमेरिकी मध्यस्थकर्ताहरूले भने शान्ति सम्झौताबाट क्रिमियालगायत भूभाग रुसलाई दिएर युद्धविराम गर्न युक्रेन तयार भइसकेको जनाएका छन् । २४ फेब्रुअरी, २०२४ मा रुसले युक्रेनमा आक्रमण गरेयता युक्रेनको २० प्रतिशत भूभाग कब्जामा लिएको छ ।

    पछिल्लो समय वार्ताका अन्य विषय पनि प्रष्ट हुँदै गएका छन् । यसअघि नै अमेरिकी विदेशमन्त्री मार्क रुबियोले युक्रेन नेटोको सदस्य हुने अव्यावहारिक भएको बताइसकेका छन् । रुबियोको यही भनाइमा ट्रम्पले पनि साथ दिएका छन् । अमेरिकी नीति सार्वजनिक भइनसकेको भए पनि केही भूभाग रुसलाई दिने, झाम्पोझारिया ऊर्जा केन्द्र अमेरिकाले सञ्चालन गर्ने, युरोपेली युनियनमा युक्रेनीलाई सहमत गराउने तथा युक्रेनको दीर्घकालीन शान्तिको ग्यारेन्टीको माग अमेरिकाबाट सम्बोधन हुने जनाइएको छ ।शनिबारको भेटपछि स्टेइमर र म्याक्रोले रुस–युक्रेन युद्ध शान्तिको बाटोमा गएको प्रतिक्रिया दिएका छन् । यसअघि यी दुवै देशले युक्रेनको पूर्ण सुरक्षाको ग्यारेन्टीको माग उठाउँदै आएका थिए । धेरै विषय सहमतिको बाटोमा गए पनि क्रिमियाको विषय भने जटिल बनेको छ । ट्रम्पले रुसले सन् २०१४ देखि कब्जामा लिएको क्रिमिया उसैलाई वैध रूपमा दिएर वार्ता अघि बढाउने तयारी गरेका छन् ।

    ट्रम्पका दूत विटकोफले यो वर्ष मात्र मस्कोको ४ पटक भ्रमण गरिसकेका छन् । ट्रम्पले बारम्बार युक्रेनलाई युद्धविरामका लागि दबाब दिइरहेको समयमा जेलेन्स्कीले १ दिनअघि मात्र क्रिमिया अन्य कसैलाई दिने अधिकार युक्रेनी नागरिकमा मात्र भएको बताएका थिए ।

    अहिले अमेरिकाका लागि शान्ति वार्ता अघि बढाउने विषयमा क्रिमिया सबैभन्दा झन्झटिलो हो । व्यावहारिक रूपमा क्रिमिया युक्रेनको हुने सम्भावना अतिकम छ । यो अहिले रुसकै नियन्त्रणमा छ । तथापि यसलाई कानुनी अख्तियारी दिइनु विरोधाभासपूर्ण हो । जेलेन्स्कीले बारम्बार सन् २०१८ मा ट्रम्प र विदेशमन्त्री माइक पोम्पियोले क्रिमियाबारे गरेको व्याख्याको सम्झना गरेका छन् । सो समयमा पोम्पियोले क्रिमिया रुसले लिएको कुरा अमेरिकाले स्वीकार नगर्ने तथा सो क्षेत्रमा पनि युक्रेनी सार्वभौमिकता लागू हुने कुरामा अमेरिका अडिग रहेको बताएका थिए । यद्यपि जेलेन्स्कीको यसअघिको बुझाइ पनि ट्रम्पले क्रिमियाको सवालमा युक्रेनलाई साथ दिन्छन् नै भन्ने थियो ।

    जेलेन्स्की युक्रेनको संविधानमा बाँधिएका छन् । ‘मलाई क्रिमिया कसैलाई दिने अधिकार युक्रेनको संविधानले दिएको छैन,’ युक्रेनी राष्ट्रपति जेलेन्स्कीले भने । यो समस्या ट्रम्पको मात्र होइन । युद्धमा स्थायी समाधान खोज्नका लागि रुसले पनि युक्रेनको संविधान पनि हेर्नु आवश्यक छ ।

  • subhayug
  • subhayug.com
  • प्रतिक्रिया दिनुहोस
    अन्तर्राष्ट्रिय सम्बन्धि थप
  • रास्वपा र राप्रपाले स्वीकारेनन् उच्चस्तरीय छानविन समिति

  • अब भिजिट भिसाको समस्या दीर्घकालीन रुपमै समाधान हुन्छ : गृहमन्त्री

  • युद्धविरामबारे इजरायलको पहिलो प्रतिक्रिया: ‘सबैले पालना गरे मात्र सम्भव’

  • इरान–इजरायल संघर्षमा युद्धविराम लागू भएको ट्रम्पको घोषणा


  • समाचार
  • १

    प्रतिनिधिसभाबाट विनियोजन विधेयक बहुमतले पारित
    १४ घण्टा अघि

  • २

    क्षेत्रगत कर्जा विस्तारमा राष्ट्र बैंक लचिलो
    १६ घण्टा अघि

  • ३

    रास्वपा र राप्रपाले स्वीकारेनन् उच्चस्तरीय छानविन समिति
    १९ घण्टा अघि

  • ४

    अब भिजिट भिसाको समस्या दीर्घकालीन रुपमै समाधान हुन्छ : गृहमन्त्री
    २० घण्टा अघि

  • ५

    युद्धविरामबारे इजरायलको पहिलो प्रतिक्रिया: ‘सबैले पालना गरे मात्र सम्भव’
    २१ घण्टा अघि

  • ६

    इरान–इजरायल संघर्षमा युद्धविराम लागू भएको ट्रम्पको घोषणा
    २१ घण्टा अघि

  • ७

    ‘फर्की फर्की’ टिमविरुद्ध मुद्दा दायर
    २१ घण्टा अघि

  • ८

    सुनचाँदीमा कर प्रणाली चुस्त बनाउन निर्देशन
    २१ घण्टा अघि

  • ९

    भिजिट भिसा प्रकरण छानविन गर्न शंकरदास वैरागीको नेतृत्वमा बन्यो समिति
    २२ घण्टा अघि

  • १०

    इजरायलले इरानको जेललाई निशाना बनाएर फेरि गर्यो आक्रमण
    १ दिन अघि

  • सुभयुग प्रभाव सबै
    United Cement
    ४ हफ्ता अघि

    युनाइटेड सिमेन्टद्धारा धुनिवेशीका महिलाहरूलाई एडभान्स सिलाइकटाइ तालिम

    सामाजिक सञ्जालबाट
    १

    युद्धविरामबारे इजरायलको पहिलो प्रतिक्रिया: ‘सबैले पालना गरे मात्र सम्भव’

    subhayug
    २

    इरान–इजरायल संघर्षमा युद्धविराम लागू भएको ट्रम्पको घोषणा

    subhayug
    ३

    इजरायलले इरानको जेललाई निशाना बनाएर फेरि गर्यो आक्रमण

    subhayug
    ४

    इरानको राजधानीमा इजरायली हमला, इस्लामिक गार्डको मुख्य आधारशिविरमा प्रहार

    subhayug
    Shubhayug Logo

    सुभयुग मिडिया प्रा.लि.

    सिद्धलेक ४, आरुवासटार, धादिङ

    subhayugnews@gmail.com

    01-5705310

    सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९

    हाम्रो टीम

    Director/Owner :
    Bishwash Aryal 9851220820

    Editor-in-Chief :
    Bibek Aryal 9841065149

    Editor :
    Kushma Regmi 9849854534

    Desk Editor : Haribahadur Baniya
                            : Bikash Rauniyar

    • Home
    • सम्पर्क
    • हाम्रो बारेमा
    • प्रवास
    • फिचर
    • स्थानीय
    • स्वास्थ्य
    • पर्यटन
    • भिडियो
    • सुभयुग प्रभाव
    • Privacy
    © २०७७ शुभयुग मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution