काठमाडौं – नेपाल राष्ट्र बैंकको नयाँ गभर्नरमा डा.गुणाकर भट्ट नियुक्त हुँदैछन् ।
हिजो शनिवार साँझ प्रधानमन्त्री सरकारी निवास बालुवाटारमा भएको प्रधानमन्त्री केपी शर्मा ओली र काँग्रेस सभापति शेरबहादुर देउवाबीचको भेटमा नयाँ गभर्नरमा डा.भट्टलाई नियुक्त गर्ने सहमती भएको श्रोतले जनाएको छ ।
प्रधानमन्त्री ओली र काँग्रेस सभापति देउवाबीचको सहमतीपछी रिक्त गभर्नरमा नियुक्ति प्रक्रिया अघि बढाउने सहमति भएको बुझिएको छ । स्रोतका अनुसार प्रक्रिया मिलाएर राष्ट्र बैंकको कार्यकारी निर्देशकबाट हालै राजीनामा दिएका डा.भट्टलाई गभर्नर नियुक्ति गरिने पक्का भएको छ ।
अदालतमा मुद्दा दायर भएको, कायम मुकायम गभर्नरको जिम्मेवारीमा रहेकी डेपुटी निलम ढुंगानाले डा.भट्टको राजीनामा स्वीकृत नगरेको अवस्था र गभर्नर सिफारिस समितिका एक सदस्यले राजीनामा दिएकाले सबै प्रक्रिया मिलाएर डा.भट्टलाई गभर्नरमा नियुक्त गर्न लागिएको श्रोतले जनाएको छ ।
साथै राष्ट्र बैंकले आज आफ्नो ७० औं स्थापना दिवस पनि मनाउँदै छ । दिउँसो बालुवाटारस्थित केन्द्रीय कार्यालयमा ढुंगानाकै अध्यक्षतामा कार्यक्रमको आयोजना गर्न लागिएको छ ।
कर्यक्रममा भूतपूर्व गभर्नर दीपेन्द्रबहादुर क्षेत्रीलाई ढुंगानाले सम्मान गर्ने कार्यक्रम छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
subhayugnews@gmail.com
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar