केके मानन्धर , भक्तपुर – मध्यपुर थिमि सहकारीले मातातीर्थ औंशीको अवसरमा आमाहरूको मुख हेर्ने कार्यक्रम सम्पन्न गरेको छ ।
आज मातातीर्थ औंशीको अवसरमा समाजप्रति उत्तरदायित्व कार्यक्रम अन्तर्गत सहकारीले आमाहरूको संयुक्त मुख हेर्ने कार्यक्रम सम्पन्न गरेको हो । सहकारीका सचिव अनिल श्रेष्ठका अनुसार सहकारीमा आवद्ध रहेका ६० वर्ष पुगेका ५७ जना आमाहरूलाई पूर्वीय संस्कार अनुसार टिका लगाइदिएर उपहार दिएर सम्मान गरेको हो ।
कार्यक्रममा मध्यपुर थिमि नगरपालिका वडा नम्बर ५ का वडाध्यक्ष बालकृष्ण श्रेष्ठको पनि सहभागिता थियो ।
सिद्धलेक ४, आरुवासटार, धादिङ
subhayugnews@gmail.com
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Director/Owner :
Bishwash Aryal 9851220820
Editor-in-Chief :
Bibek Aryal 9841065149
Editor :
Kushma Regmi 9849854534
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar