काठमाडौं – प्रहरीले सभामुख देवराज घिमिरेलाई नेपाली कांग्रेसकी सांसद माया राई पक्राउ परेको औपचारिक जानकारी गराएको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौंले सभामुख घिमिरेलाई संसद सचिवालयमा पत्र पठाएर सांसद राईलाई पक्राउ गरी अनुसन्धान गरिरहेको जानकारी गराएको हो ।
सांसद राईलाई हिजो (शनिबार) साँझ कपनस्थित घरबाट प्रहरीले नियन्त्रणमा लिएको थियो । राईमाथि कालिमाटीस्थित स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलनमा मुद्दा चलाउन सिफारिस गरिएको थियो ।
सहकारी ठगी र संगठित अपराधको कसुरमा काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी हुँदा पनि उनी लामो समयदेखि फरार थिइन् ।
राई स्वर्णलक्ष्मी सहकारीको सञ्चालक समिति सहसचिव पदमा कार्यरत थिइन् । राई समेतका व्यक्तिले ६९० जना बचतकर्ताको १ अर्ब १९ करोड ३० लाख ९० हजार ४९३ रुपैयाँ हिनामिना गरेको आरोप छ ।
पक्राउ परेकी राई जनजाति कोटाबाट कांग्रेसको केन्द्रीय सदस्य तथा समानुपातिक सांसद हुन् ।
सिद्धलेक ४, आरुवासटार, धादिङ
subhayugnews@gmail.com
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Director/Owner :
Bishwash Aryal 9851220820
Editor-in-Chief :
Bibek Aryal 9841065149
Editor :
Resham Tamang 9841266912
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar