काठमाडौं – सरकारसँग वार्ता गर्न गएको भनिएको आन्दोलनरत शिक्षनकहरुको टोली शिक्षा मन्त्रालय प्रवेश नै नगरी फर्किएका छन् ।
आज (शुक्रवार) शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्त र शिक्षा सचिव डा. दीपक काफ्लेले आन्दोलनरत शिक्षकहरुलाई वार्ताका लागि छुट्टा छुट्टै रूपमा आह्वान गरे लगत्तै नेपाल शिक्षक महासंघका अधिकारीहरू सरकारसँग वार्ता गर्न गएको भनिएपनि मन्त्रालय प्रवेश नगरी फर्किएका हुन् । शिक्षक महासंघका अध्यक्ष लक्ष्मी किशोर सुवेदीले विशेष कारणवश आज आफूहरू मन्त्रालय प्रवेश नगरी फर्किएको जानकारी दिएका छन् ।
त्यस्तै सुवेदीले शिक्षा मन्त्रालयबाट सार्वजनिक भएको २५ सदस्यीय वार्ता टोली भनिएको नामावली पनि नेपाल शिक्षक महासङ्घले तयार नगरेको बताएका छन् । सुवेदीले आफूहरू वार्ताका लागी नभई नवनियुक्त शिक्षामन्त्रीलाई बधाई दिने प्रयोजनका लागि मात्रै सिंहदरबार गएको दाबी गरेका छन् ।
सुवेदीले फेसबुकमा लेखेका छन् ‘आज मिति २०८२ वैशाख १२ गते नवनियुक्त माननीय मन्त्रीज्यूसँग औपचारिक भेटका लागि हामी जाने क्रममा थियौँ । तर विशेष कारणवश आज हामी मन्त्रालय प्रवेश नगरी फर्किएको कुरा जानकारी गराउँछौँ’
सिद्धलेक ४, आरुवासटार, धादिङ
subhayugnews@gmail.com
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Director/Owner :
Bishwash Aryal 9851220820
Editor-in-Chief :
Bibek Aryal 9841065149
Editor :
Resham Tamang 9841266912
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar