काठमाडौं – कुवेतको अल मुजैनी एक्सचेन्जबाट पठाएको रेमिट्यान्स अब माछापुच्छ्रे् बैंकबाट सजिलै भुक्तानी पाउने सकिने भएको छ ।
नेपालमा भित्रिने रेमिट्यान्सलाई सहज, सरल तथा विश्वासिलो बनाउन माछापुच्छ्रे् बैंक र कुवेतस्थित अल मुजैनी एक्सचेन्जबीच रेमिट्यान्स सम्झौता भएसँगै उक्त सेवा उपलब्ध गराएको हो ।
बिहिवार कुवेतमा एक कार्यक्रम आयोजना गरी सो सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाले जानकारी दिए । सम्झौता पत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत कोईराला र एक्सचेन्जका महाप्रबन्धक ह्यु फर्नान्डिसले हस्ताक्षर गरेका छन् ।
योसँगै कुवेतमा रहेका नेपालीहरुले अल मुजैजी एक्सचेन्जका एक सय ४५ वटा शाखाबाट पठाएको रकम सजिलैसँग माछापुच्छ्रे बैंकका एक सय ६५ वटा शाखा, ९९ शाखारहित बैंकिङ्ग सेवा, ११ एक्सटेन्सन काउण्टर र २० हजारभन्दा बढी रेमिट्यान्स एजेन्टमार्फत सजिलै भुक्तानी लिन सकिने भएको छ ।
बैंकले अल मुजैनीबाट पठाइएको रेमिट्यान्स नेपालका जुनसुकै बैंक खातामा तुरुन्त जम्मा हुने व्यवस्थासमेत मिलाइएको छ ।
सिद्धलेक ४, आरुवासटार, धादिङ
subhayugnews@gmail.com
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Director/Owner :
Bishwash Aryal 9851220820
Editor-in-Chief :
Bibek Aryal 9841065149
Editor :
Resham Tamang 9841266912
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar