काठमाडौं – नयाँ बानेश्वरमा आन्दोलनरत २५ जना शिक्षकहरूको टोली सिंहदरबार प्रवेश गरेका छन् ।
वार्ताका लागि सरकारले आह्वान गरेसँगै आन्दोलनरत शिक्षकहरूको टोली सिंहदरबार गएका हुन् । आज शुक्रवार नै शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्त र शिक्षा सचिव डाक्टर दीपक काफ्लेले आन्दोलनरत शिक्षकहरुलाई वार्ताका लागि छुट्टा छुट्टै रूपमा आह्वान गरेका थिए । त्यसपछि छलफलका लागि नेपाल शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीसहित महासंघका २५ जना शिक्षक नेताहरू सिंहदरबार गएका हुन् ।
महासंघका महासचिव तुला थापाले वार्ताको आह्वानपछि छलफलका लागि मन्त्रालयतर्फ लागेको बताए ।
सरकारले वार्ताका लागि पुनः आह्वान गरेपछि महासंघले आन्तरिक छलफल गरी वार्ताका लागी मन्त्रालय गएको थापाले बताएका छन् ।
सिद्धलेक ४, आरुवासटार, धादिङ
subhayugnews@gmail.com
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Director/Owner :
Bishwash Aryal 9851220820
Editor-in-Chief :
Bibek Aryal 9841065149
Editor :
Resham Tamang 9841266912
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar