काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सत्ता गठबन्धनमा कुनै विवाद नरहेको प्रतिक्रिया दिएका छन् ।
थाइल्यान्डको भ्रमण सकेर आज शुक्रबार काठमाडौं आइपुगेका सभापति देउवाले त्रिभुवन अन्तराष्ट्रिय बिमानस्थलमा सञ्चारकर्मीहरुसंग बोल्दै सत्ता गठबन्धनमा कुनै विवाद नरहेको प्रतिक्रिया दिएका हुन् ।
सत्ता गठबन्धनबिच खटपट सुरु भएको हो भन्ने सञ्चारकर्मीको प्रश्नमा छोटकरीमा बोल्दै देउवाले त्यस्तो केहि नभएको बताएका थिए । सत्ता समीकरण परिवर्तन हुने कुरामा समेत सत्यता नरहेको उनको भनाइ थियो ।
सभापति देउवा स–परिवार थाइल्यान्ड गएका थिए ।
सिद्धलेक ४, आरुवासटार, धादिङ
subhayugnews@gmail.com
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Director/Owner :
Bishwash Aryal 9851220820
Editor-in-Chief :
Bibek Aryal 9841065149
Editor :
Resham Tamang 9841266912
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar