काठमाडौं – काठमाडौंमा गुडिरहेको बसमा आगलागी भएको छ ।
बिहिवार, दिँउसो कलंकीबाट थानकोटतर्फ जाँदै गरेको बा.प्र.०३–०१–००५ ख ९७८६ नम्बरको यात्रुबाहक बसमा आगलागी भएको हो । चन्द्रागिरी नगरपालिका–१५ ढुंगेअड्डामा बसको फाइबरमा तार सर्ट भएर आगलागी भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता अपील राज बोहराका अनुसार पाँचपोखरी यातायातको सार्वजनिक बसमा आगलागी भएपछि चन्द्रागिरी नगरपालिकाबाट दकमल मगाएर नियन्त्रणमा लिइएको हो ।
आगलागीबाट बस पूर्ण रुपमा जलेको छ । यद्धपी मानवीय क्षती भने हुन नपाएको एसपी बोहराले जानकारी दिए ।
सिद्धलेक ४, आरुवासटार, धादिङ
subhayugnews@gmail.com
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Director/Owner :
Bishwash Aryal 9851220820
Editor-in-Chief :
Bibek Aryal 9841065149
Editor :
Kushma Regmi 9849854534
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar