काठमाडौं – गत चैत १५ गते भएको हिंसात्मक प्रदर्शनमा तीनकुनेस्थित घरमा आगजनी गर्ने दुई जनालाई कर्तव्य ज्यानको मुद्दामा अनुसन्धान अघि बढाइएको छ ।
उनीहरूले आगो लगाउँदै गरेको भिडियोसहितका प्रमाण भेटिएपछि कर्तव्य ज्यानको कसुरमा अनुसन्धान गरेर बयान लिने काम सुरु भएको हो । सोही घरमा पत्रकार सुरेश रजक पनि जलेको अवस्थामा मृत भेटिएका थिए । सोही घरमा आगजनी गरेको आरोपमा एटीएफ (अनवरत तत्पर फौज)का दुई कार्यकर्तालाई प्रहरीले चैत्र ३१ गते पक्राउ गरेको थियो ।
पक्राउ परेका रामेछापको सुनापति गाउँपालिका – १ का २२ वर्षीय सरोज गौतम र अछामको पञ्चदेवल नगरपालिका घर भएका २० वर्षीय गोकर्ण शाहीविरुद्ध कर्तव्य ज्यानको कसुरमा पनि अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी परिसरले जनाएको छ । गौतम दुर्गा प्रसाईं नेतृत्वको महाअभियानकै एटीएफका प्रवक्ता हुन् भने शाही सदस्य हुन् । गौतम तीनकुनेमा भएको प्रदर्शनको बेला प्रसाईंको गाडिमा झुण्डिंदै अघि बढेका थिए ।
उनीहरूले १५ चैतमा भएको प्रदर्शनमा प्रेमबहादुर श्रेष्ठ अध्यक्ष रहेको सुनौलो इन्द्रेणी बचत तथा ऋण सहकारी संस्थाको भवनमा आगो लगाएका थिए । शाहीले माओवादी केन्द्रको पार्टी कार्यालय तोडफोड गर्ने काममा खटिएको देखिएको प्रहरीको भनाइ छ । अन्य ठाउँका तोडफोड र आगजनीमा पनि उनको संलग्नता रहेको प्रहरीको भनाइ छ ।
यसका साथै राजावादी प्रदर्शनका जनकमाण्डर तोकिएका प्रसाईंविरुद्ध पनि कर्तव्य ज्यानको कसुरमा अनुसन्धान अघि बढाइएको छ । तीनकुने प्रदर्शनमा पक्राउ परेका मध्ये अहिले परिसरको हिरासतमा ६४ जना छन् ।
अहिलेसम्म पक्राउ परेका मध्ये ८५ जनालाई अदालतबाट म्याद लिएर अनुसन्धान अघि बढाइएको थियो । उनीहरुमध्ये २१ जनालाई भने हाजिरी जमानीम रिहा गरेर अनुसन्धान गरिएको छ । तर हाजिरी जमानीमा छाडिएकाहरुलाई मुद्दा भने चलाइने प्रहरीले बताएको छ ।
सिद्धलेक ४, आरुवासटार, धादिङ
subhayugnews@gmail.com
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Director/Owner :
Bishwash Aryal 9851220820
Editor-in-Chief :
Bibek Aryal 9841065149
Editor :
Resham Tamang 9841266912
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar