नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले यो सरकार धेरै अगाडि जान नसक्ने बताएका छन् । चितवनमा पत्रकारहरूसँग कुरा गर्दै उनले नयाँ वर्षमा नयाँ सरकार बन्ने बताए ।
उनले पछिल्लो घटनाक्रमहरू सोहीअनुसार विकसित भएको बताएका छन् । नयाँ अनुभवका आधारमा आफूले यो कुरा गरेको प्रचण्डको भनाइ छ ।
‘यो सरकार धेरै अगाडि जान सहज छैन भन्ने कुरा पनि देखिइराख्या छ । त्यसकारण कुनै पनि सम्भावना छ,’ नयाँ सरकार बन्न सक्ने सम्भावनाबारे उल्लेख गर्दै प्रचण्डले भने, ‘नयाँ वर्षले केही न केही निकास चाहिँ लिएर आउँछ भन्ने मलाई लाग्छ ।’
प्रचण्डले कांग्रेसको नेतृत्वमा सरकार बन्ने स्थिति आए सघाउन तयार रहेको बताउँदै आएका छन् । कांग्रेस नेतृत्वमा बन्ने सरकारलाई सरकारमै सहभागी भएर या नभएर पनि आफूहरूले सघाउने उनले भन्दै आएका छन् ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
subhayugnews@gmail.com
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar