काठमाडौं – दुर्गा प्रसाईंलाई झापाबाट हवाईजाहाज मार्फत् काठमाडौं ल्याइने भएको छ ।
प्रहरी स्रोतका अनुसार प्रसाईंलाई साढे ११ बजे बुद्ध एअरको फ्लाइटमार्फत झापाको चन्द्रगढी विमानस्थलबाट काठमाडौं ल्याउन लागिएको हो । प्रसाईंलाई भारतबाट नेपाल प्रहरीको विशेष ब्यूरो, काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरीअहिले झापा ल्याईएको छ ।
उनी भारतको आसाम राज्यमा फेला बिहीबार परेका थिए । यता प्रसाईंको सचिवालयले भने आसाम प्रहरीमा उनी आफैंले आत्मसमर्पण गरेको दाबी गर्दे आएको छ ।
१५ चैतमा तीनकुनेमा भएको राजावादी आन्दोलनका उनी मुख्य कमाण्डर हुन् । उनकै नेतृत्वमा भएको हिंसात्मक प्रदर्शनमा दुई जनाको ज्यान गएको थियो । यता प्रसाईं भने फरार हुँदै भारत पुगेका थिए ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
subhayugnews@gmail.com
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar