ईटहरी – नेकपा (एकीकृत समाजवादी) कोशी प्रदेश कमिटीको अधिवेशनबाट सरिता खड्का सर्वसम्वत अध्यक्ष पदमा निर्वाचित भएकी छन् ।
अधिवेशनले खड्काको नेतृत्वमा १६८ सदस्यीय नयाँ नेतृत्व चयन गरेको छ । सचिवमा दलशेर राई निर्वाचित भएका छन् । दुई उपाध्यक्ष रहने पाटीको विधानमा भए पनि अधिवेशनले उपाध्यक्ष भने छानेको छैन।
तीन उपसचिव मध्ये एक जना भने पछि छान्ने गरी दुई जना छिरिङ लामा र दलिततर्फ उमा शङ्कर चयन भएका छन् । महिला उपसचिव भने खाली छोडिएको छ।
अध्यक्ष चयन भएकी खड्का यसअघि प्रदेश कमिटीको उपसचिव थिईन् ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar