प्युठान – नेकपा (एकिकृत समाजवादी) प्युठानको १०औँ जिल्ला अधिवेशनबाट डा.भोजविक्रम बुढा मगर अध्यक्ष चयन भएका छन् ।
बुधबार सम्पन्न अधिवेशनले डा.मगर पुन सर्वसम्मत चयन गरेको हो। कमिटीको उपाध्यक्षमा नुम बहादुर पुन र खिम बहादुर सुनार, सचिवमा धर्मराज भण्डारी त्यस्तै उपसचिवमा थमन साठीघरे मगर, हुम बहादुर मल्ल, महिला उपसचिवमा सिर्जना सुनार चयन भएको नवनिर्वाचित अध्यक्ष डा.मगरले जानकारी दिए ।
त्यस्तै ५७ सदस्सीय नयाँ जिल्ला कमिटी सर्वसम्मत चयन गरेको छ। १०औँ जिल्ला अधिवेशनको पूर्वमन्त्री तथा पार्टी केन्द्रीय उपमहासचिव मेटमणि चौधरीले उद्घाटन गरेका थिए ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
subhayugnews@gmail.com
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar