ईटहरी – नेकपा (एकीकृत समाजवादी)को कोशी प्रदेशको प्रथम अधिवेशन जारी छ ।
मंगलवार पार्टी अध्यक्ष माधवकुमार नेपालद्धारा उद्घाटन गरिएको अधिवेशनको हिजो बुधवार बिहानदेखी साँझदेखी बन्द सत्र सुरु भएको छ ।
एकीकृत समाजवादीको कोशी प्रदेश अध्यक्षका लागि पोलिटब्युरो सदस्यहरू धर्मराज निरौला र महेश रेग्मी, केशव कुमार विष्ट, केन्द्रीय सदस्यहरू सरिता खड्का र उदयपुरका पार्टी अध्यक्ष विनोद खड्का गरी पाँच जनाले दावी गरेका छन् ।
बुधबार साँझसम्म निर्वाचन प्रकृया प्रकाशन भने भएको छैन । पार्टीको केन्द्रीय महाधिवेशनमा पनि नेताहरू आफैले नेतृत्व चयन गरेको र भर्खरै मोरङ जिल्लामा पनि सर्वसम्मत रुपमै नेतृत्व चयन गरेको थियो । सोहि अनुरुप नै नेतृत्व चयन गनुपर्ने भन्दै बुधबार साँझ बन्दसत्र स्थगित गरिएको बताईएको छ ।
बुधबार दिनभरि चलेको बन्दसत्रमा प्रतिवेदनहरूमाथि छलफल भएको एक नेताले जानकारी दिए । अधिवेशनको उद्घाटनमा पार्टीका शीर्ष नेताहरूले प्रदेशको नेतृत्व सर्वसम्मत रूपमा छान्नुपर्ने भन्दै प्रतिस्पर्धा हुन नदिने बताएको र अध्यक्ष पदका लागी पाँच जना आकांक्षीहरु देखिएपछी नेतृत्वले सहमतीको प्रयास गरिरहेका छन् । अहिले ११ बजेदेखी पुनः बन्द सत्र सुरु हुँदैछ ।
सिद्धलेक ४, आरुवासटार, धादिङ
subhayugnews@gmail.com
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Director/Owner :
Bishwash Aryal 9851220820
Editor-in-Chief :
Bibek Aryal 9841065149
Editor :
Resham Tamang 9841266912
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar