काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृ टीका सङ्ग्रौला (ज्वाला) विरुद्ध अवहेलना मुद्दा दर्ता भएको छ ।
बुधबार, रास्वपा केन्द्रीय सदस्य समेत रहेकी संचारकर्मी सङ्ग्रौला विरुद्ध प्रान्ज्वल केसीले सर्वोच्च अदालतमा अवहेलना मुद्दा दायर गरेका हुन् । गत शुक्रबार उच्च अदालत तुलसीपुरको बुटवल इजलासले जिल्ला अदालत रुपन्देहीको आदेश उल्टाउँदै रास्वपा सभापति रवि लामिछानेलाई थुनामा पठाउने आदेश गरे लगत्तै सङ्ग्रौलाले सामाजिक सञ्जाल फेसबुकमा न्यायाधीश र अदालतको अवहेलना हुनेगरी अभिव्यक्ति दिएकी थिइन् ।
“न्यायाधीश नै पार्टीका झोले कार्यकर्ता भएपछि यस्तै हो। दिउँसो घाम लागेको बेलासमेत यो त रात हो भनेर फैसला गर्छन्, हामीले मान्दिनु पर्या छ,” आदेश आएको केही छिनमै सङ्ग्रौलाले एस्तो लेखेकी थिईन् ।
सोहि बिषयलाई लिएर अदालतलाई धम्कीको भाषा प्रयोग गरी त्रासमा पार्न खोजिएको, न्यायाधीशको मानमर्दन गरी आम जनतामा अदालतप्रति भ्रम सिर्जना गरिएको भन्दै केसीले अवहेलना मुद्दा दायर गरेका हुन् । सङ्ग्रौलाको उक्त अभिव्यक्ति फौजदारी कसुर भएको र आफू कानुनको विद्यार्थी भएकाले कानुनको विद्यार्थीको रुपमा सङ्ग्रौलाको अभिव्यक्तिले आफ्नो मर्यादामाथि पनि आँच पुगेको निवेदन पत्रमा उल्लेख छ ।
नेतृ सङ्ग्रौलाले पटक – पटक स्टाटस र भिडियोमार्फत अदालतको अवहेलना हुने अभिव्यक्ति दिँदै आएको भन्दै उनि नियमित बिबादमा पनि पर्दै आएकी छिन् ।
मुद्दा दायरकर्ता केसी काठमाडौं खुला विश्वविद्यालयमा एलएलबि प्रथम वर्षमा अध्ययनरत छन् ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
subhayugnews@gmail.com
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar