विराटनगर – नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कुनै हालतमा एमालेसंगको एकता सम्भव नभएको बताएका छन् ।
एकीकृत समाजवादी कोशी प्रदेशको सम्मेलन उद्घाटनका क्रममा विराटनगर पुगेका नेपालले विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै एस्तो बताएका हुन् । ‘एमालेसँग कुनै हालतमा एकता सम्भव छैन।’
पूर्व प्रधानमन्त्री समेत रहेका नेपालले राजतन्त्रवादीहरुले केही समय यता चुरीफुरी गरिरहेको उल्लेख गर्दै राजतन्त्र फर्किने कुरा दिवा सपना मात्रै भएको बताए । ‘राजतन्त्र फर्किनु, राणातन्त्र फर्किनु र दास युग फर्किनु उस्तै हो’, उनले भने, ‘असम्भव कुराका पछि नदौडन जनतालाई आह्वान गर्छु ।’
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
subhayugnews@gmail.com
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar