काठमाडौँ। नेकपा (एकीकृत समाजवादी), कोशी प्रदेश कमिटीको प्रथम अधिवेशन आज उद्घाटन हुदैछ ।
अध्यक्ष माधवकुमार नेपाल, सम्मानित नेता झलनाथ खनाल, बरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डे लगायत शीर्ष नेताहरुले अधिवेशनलाई सम्बोधन गर्नु हुनेछ। ‘सुशासन र रोजगारी, समाजवादको तयारी’ भन्ने मुलनाराका साथ सम्पन्न गर्न लागिएको अधिवेशनको प्रमुख अतिथिका रुपमा पार्टी अध्यक्ष नेपाल र विशिष्ट अतिथिका रुपमा सम्मानित नेता खनाल उपस्थित हुनुहुनेछ।
सुनसरी इटहरिमा सम्पन्न हुने अधिवेशनलाई पार्टीका वरिष्ठ नेता घनेन्द्र बस्नेत,उपाध्यक्ष जयन्त राई, प्रदेश कमिटी इन्चार्ज राजेन्द्र राई, प्रदेश कमिटी अध्यक्ष बलदेव चौधरीलगायतका नेताहरुले सम्बोधन गर्नु हुनेछ। अधिवेशनले प्रदेश कमिटीको नयाँ नेतृत्व चयन गर्नेछ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar