काठमाडौं – नेकपा (एकीकृत समाजवादी) का महासचिव घनश्याम भूसालले २०८२ सालभित्रै ओलीकरणको अन्त्य हुने दाबी गरेका छन् ।
एकीकृत समाजवादी जाजरकोटको छैटौँ जिल्ला अधिवेशनमा जाजरकोट पुगेका भुसालले पत्रकार सम्मेलनमा बोल्दै एस्तो बताएका हुन् । “ओलीकरणले विचार, सिद्धान्त र संगठनलाई तहसनहस पारेको छ। तर, अब जनताको चेतना बढ्दै गएको छ, यसले दीर्घकालीन प्रभाव पार्न सक्दैन। आगामी ८२ सालभित्रै यसको अन्त्य हुनेछ। अब जनताको चेतना उच्च भएको छ, विचारहीन राजनीति र शक्ति मोहको अन्त्य हुने निश्चित छ। ओलीकरण जस्तो प्रवृत्ति ८२ सालभित्रै अन्त्य हुनेछ।” उनले भने ।
त्यस्तै भूसालले ‘ओलीकरण’ लाई व्यक्तिवादी, सत्तामुखी र अधिनायकवादी सोचको नाम दिँदै यसले मुलुकको लोकतान्त्रिक अभ्यास र वाम आन्दोलनलाई कमजोर बनाएको टिप्पणी गरे ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
subhayugnews@gmail.com
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar